कात्तिक १, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) को ३३ औं खेलमा राजस्थान रोयल्सलाई रोयल च्यालेन्जर्स बेंगलोरले ७ विकेटले पराजित गरेको छ ।
सनिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै राजस्थान रोयल्सले बेंगलोरलाई ६ विकेट गुमाउँदै १७८ रनको लक्ष प्रस्तुत गरेको थियो । उक्त लक्ष्यलाई बेंगलोरले २ बल बाँकी छँदा ३ विकेट मात्रको क्षेतीमा पुरा गर्यो । बेंगलोरको जितका लागि एबी डेविलिएर्सले अन्तिम ३ ओभरको खेलमा आक्रामक पर्दर्शन गर्दै महत्वपूर्ण योगदान दिए । बेंगलोरको जीतको लागि हीरो बनेका एबी डिविलियर्स, जसले २२ बलमा नटआउट रही ५५ रनको पारी खेलेका छन् । डिविलियर्सको पारीमा ६ छक्का समावेस रह्यो ।
अन्तिम १२ बलमा ३५ रन चाहिएको अवस्थामा एवि डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बेंगलोरको पक्षमा खेल आएको थियो । उक्त ओभरमा उनदकटले सुरुवाती तीन बलमा दि भिलियर्सको लगातार ३ छक्का खाएका थिए । अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा सुरुवाती ३ बलमा ५ रन जोडेको बेंगलोरका लागि डी भिलियर्सले चौथो बलमा छक्का प्रहार गर्दै जित पक्का गरे ।
१७८ रनको लक्ष्य पछ्याएको बेंगलोरको झटका २३ रन बनाउँदा लाग्यो, त्यसपछि विराट कोहली र देवदत्त पडिक्कलले दोश्रो विकेटको लागि ७९ रन बनाए । १०२ को स्कोरमा बेंगलोलाई दुई झट्का लाग्यो, एक त पडिक्कल (३५) रनमा आउट भए, त्यसपछि विराट कोहली (४३) रनमा आउट भए । उनिहरुलाई क्रमश: राहुल तेवतिया र कार्तिक त्यागीले आउट गरेका थिए । त्यसपछि खेलमा एबी डिविलियर्स आएका थिए, उनलाई गुरकीरत सिंह मानले साथ दिएका थिए । गुरकीरतले नट आउट रही १९ रन बनाए ।
यसअघि राजस्थान रोयल्सले टस जितेर ब्याटिङ गर्ने फैसला लिएको थियो । उसको लागि कप्तान स्टीव स्मिथले ३६ बलमा सर्वाधिक ५७ रन बनाए, उनले छ चौका र एक छक्का प्रहार गरेका थिए । राजस्थान विरुद्धको खेलमा बेंगलोरको लागि क्रिस मरिसले सबैभन्दा बढी ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । युजवेन्द्र चहलले एकै ओभरमा दुई विकेट लिएका थिए ।
यस जितसँगै बेंगलोर अंक तालिकामा ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । राजस्थान भने ९ खेलमा ६ अंकसहित सातौं स्थानमा छ ।
सनिबारनै अर्को खेल हुँदैछ । अहिले सुरु हुँदै गरेको खेलमा टस जितेर चेन्नईले दिल्ली विरुद्ध पहिले व्याटिङ गर्दैछ ।
Prithvi Shaw
Shikhar Dhawan
Ajinkya Rahane
Shreyas Iyer (C)
Marcus Stoinis
Alex Carey (W)
Axar Patel
Ravichandran Ashwin
Kagiso Rabada
Anrich Nortje
Tushar Deshpande
Sam Curran
Faf du Plessis
Shane Watson
Ambati Rayudu
MS Dhoni (C) (W)
Kedar Jadhav
Ravindra Jadeja
Dwayne Bravo
Deepak Chahar
Karn Sharma
Shardul Thakur