३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होम आइसोलेसनमा संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने

२ कार्तिक २०७७, आईतवार ०९:२८

कार्त्तिक २, काठमाडौँ । कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको व्यक्तिको मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७७ मा दोस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

‘कुनै व्यक्तिको घर आइसोलेसनमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ। परिवारका सदस्यले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिले सजगता अपनाई अन्त्येष्टि कार्य गर्नुपर्छ,' कार्यविधिको ४ नम्बर बुँदामा भनिएको छ, 'यस्तो कार्यमा बच्चा र ६० वषभन्दा माथिका जेष्ठ नागरिकलगायत जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई समावेश गराउनु हुँदैन। व्यक्तिगत सुरक्षा सामग्री जस्तै, पन्जा, मास्क, पुरा बाहुला भएको गाउन प्रयोग गरी शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने काम सम्बन्धित आफन्तले गर्नुपर्दछ।'

यसका साथै आइसोलेसनमा राखेको स्थान/कोठाबाट शव बोक्ने गाडीसम्म पुर्‍याउने काम मृतकको आफन्तकै नै कार्यविधिमा उल्लेख छ। शव बाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन (खट) बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनुपर्ने समेत उल्लेख गरिएको छ।

शव बोक्ने व्यक्तिले पानी नछिर्ने एप्रोन, पन्जा, सर्जिकल मास्क, चस्मा र बुटको प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन सरकारको निर्देशनमा नेपाली सेनाले गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो