साउन १५, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएको टोली बीचैमा अलपत्र परेको छ । 

ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएको टोली बीचैमा अलपत्र परेको छ । 

ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी ब"/>

2026-09-19 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरो प्रभावित क्षेत्रमा गएको उद्धार टोली नै अलपत्र परेपछि…

साउन १५, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएको टोली बीचैमा अलपत्र परेको छ । 

ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन, रेडक्रस, उद्योग वाणिज्य सङ्घलगायतको उद्धार टोली बिहीबार सदरमुकामबाट हिँडेको थियो । टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय बागलुङका खरदार जगुलाल पाण्डेले प्रभावित ठाउँमा राहत पुर्याउन नसकिएको बताए । 

दर्जनौँ ठाउँमा सडक अवरुद्ध भएकाले पहिरो पन्छाउँदै हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उद्योग वाणिज्य सङ्घका सहकोषाध्यक्ष अर्जुन चोखालले आज बिहान भिमगिठेमा पुगेर टोली रोकिएको टेलिफोनमार्फत् राससलाई बताए । सेनाको दुई र सशत्र प्रहरीको एउटा ट्रकमा राहत सामाग्री सहित उद्धार टोली त्यसतर्फ खटिएको थियो । 

“घटनास्थलमा पुगेर प्रभावितका लागि राहत वितरणमा हामी हिँडेका हौँ”–चोखालले भने, “सडक अवरुद्ध हुँदा अगाडि बढ्न सकिएको छैन, भिमगिठेदेखि बुर्तिवाङसम्मको सडक पुरै अवरुद्ध छ ।” बाढीले क्षति पुर्याएका अधिकारीचौर, बोङ्गादोभान, बुर्तिवाङ, भिमगिठे, ग्वालीचौरलगायत गाविसमा राहत वितरण गर्ने कार्यक्रम छ । सडक खुल्ने अवस्था नभएपछि हेलिकोप्टर मगाएर प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने तयारी गरिएको छ । 

तत्काल गर्नुपर्ने उद्धार र राहत सामाग्री पुर्याउनै कठिन भएपछि बाढी प्रभावित थप समस्यामा परेका छन् । सडक र सञ्चार सेवासमेत अवरुद्ध हुँदा प्रभावित क्षेत्रको वास्तविक अवस्था र सम्पूर्ण क्षतिको विवरण आउन सकेको छैन । 

राहत टोली ४० बोरा चामल, ११५ थान त्रिपाल, ११ बोरा चिउरा, सात कार्टुन औषधि, १२ कार्टुन चाउचाउ र पुरानो कपडा लिएर प्रभावित क्षेत्र गएको बताइएको छ । 

गत सोमबार र मङ्गलबारको अविरल वर्षापछि भुजी, तमान, निशी र बढीगाढ खोलामा आएको बाढीले सय बढी घर बगाएको छ भने डेढसय बढी घर बाढीको उच्च जोखिममा परेका छन् । त्यस्तै बाढीले करोडौँको कृषि बाली, भौतिक संरचना, विकास आयोजनामा क्षति पुर्याएको अनुमान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई