साउन १५, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएको टोली बीचैमा अलपत्र परेको छ । 

ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएको टोली बीचैमा अलपत्र परेको छ । 

ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी ब"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपहिरो प्रभावित क्षेत्रमा गएको उद्धार टोली नै अलपत्र परेपछि…

१५ श्रावण २०७३, शनिबार ०७:४५

साउन १५, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएको टोली बीचैमा अलपत्र परेको छ । 

ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन, रेडक्रस, उद्योग वाणिज्य सङ्घलगायतको उद्धार टोली बिहीबार सदरमुकामबाट हिँडेको थियो । टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय बागलुङका खरदार जगुलाल पाण्डेले प्रभावित ठाउँमा राहत पुर्याउन नसकिएको बताए । 

दर्जनौँ ठाउँमा सडक अवरुद्ध भएकाले पहिरो पन्छाउँदै हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उद्योग वाणिज्य सङ्घका सहकोषाध्यक्ष अर्जुन चोखालले आज बिहान भिमगिठेमा पुगेर टोली रोकिएको टेलिफोनमार्फत् राससलाई बताए । सेनाको दुई र सशत्र प्रहरीको एउटा ट्रकमा राहत सामाग्री सहित उद्धार टोली त्यसतर्फ खटिएको थियो । 

“घटनास्थलमा पुगेर प्रभावितका लागि राहत वितरणमा हामी हिँडेका हौँ”–चोखालले भने, “सडक अवरुद्ध हुँदा अगाडि बढ्न सकिएको छैन, भिमगिठेदेखि बुर्तिवाङसम्मको सडक पुरै अवरुद्ध छ ।” बाढीले क्षति पुर्याएका अधिकारीचौर, बोङ्गादोभान, बुर्तिवाङ, भिमगिठे, ग्वालीचौरलगायत गाविसमा राहत वितरण गर्ने कार्यक्रम छ । सडक खुल्ने अवस्था नभएपछि हेलिकोप्टर मगाएर प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने तयारी गरिएको छ । 

तत्काल गर्नुपर्ने उद्धार र राहत सामाग्री पुर्याउनै कठिन भएपछि बाढी प्रभावित थप समस्यामा परेका छन् । सडक र सञ्चार सेवासमेत अवरुद्ध हुँदा प्रभावित क्षेत्रको वास्तविक अवस्था र सम्पूर्ण क्षतिको विवरण आउन सकेको छैन । 

राहत टोली ४० बोरा चामल, ११५ थान त्रिपाल, ११ बोरा चिउरा, सात कार्टुन औषधि, १२ कार्टुन चाउचाउ र पुरानो कपडा लिएर प्रभावित क्षेत्र गएको बताइएको छ । 

गत सोमबार र मङ्गलबारको अविरल वर्षापछि भुजी, तमान, निशी र बढीगाढ खोलामा आएको बाढीले सय बढी घर बगाएको छ भने डेढसय बढी घर बाढीको उच्च जोखिममा परेका छन् । त्यस्तै बाढीले करोडौँको कृषि बाली, भौतिक संरचना, विकास आयोजनामा क्षति पुर्याएको अनुमान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार