२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक सवारी साधनबाट ठगिदै यात्रु

६ कार्तिक २०७७, बिहीबार ०६:४८

कात्तिक ६, सर्लाही | प्रदेश नं. २ का लामो रुटमा चल्ने  सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ । 

त्यस्ता सवारी साधनमा भाडादर नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पालना नगरेको र भाडामा थप ५० प्रतिशत वृद्धि गरेर लिएको वीरगन्ज–जनकपुर चल्ने बसमा सवार यात्रु कबिर महतोले बताउनुभयो । अनुगमन गर्ने सम्बन्धित निकाय कानमा तेल हालेर निदाइरहेको उहाँको आरोप थियो ।

यसक्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरी यात्रा गरेपनि नियमनकारी निकायहरूले खासै वास्ता नगर्ने गरेको यात्रु महतोको भनाइ थियो । मन लागेको समयमा ट्राफिक प्रहरीले सवारी साधन रोकेर यात्रुका गुनासा सनेजस्तो गरेपनि समस्या समाधानमा कसैको ध्यान नपुगेको अर्का यात्रु प्रकाश पोख्रेलले बताउनुभयो । 

नेपालीको महान चाड बडादशैँ शुरु भएकाले मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सिट क्षमताअनुसार नै यात्रुहरू राख्न पाउने र पुरानै भाडादर  ९२०७५ असोज ७ गतेदेखि समायोजन गरिएको भाडादर० कायम हुने निर्णय भएको जनाएको थियो तर सरकारको निणर्यलाई भने यातायात व्यावसायीहरूले बेवास्था गरेर थप ५० प्रतिशत भाडा असुलिरहेका हुन् । 

आफूहरूले सवारी साधनको जाँचलाई निरन्तरता दिएको,यात्रुका समस्या समाधानका लागि प्रदेशअन्तर्गत सबै जिल्लाका सबै स्थानमा यात्रु सहायताकक्ष स्थापना गरेको, ट्राफिक नीयम विपरित चल्ने सवारी साधनहरूलाई ट्राफिक नीयमानुसार कार्बाही गरेको पथलैयास्थित २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरीप्रमुख तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार यात्रुहरूले वास्तविक समस्या नसुनाएका कारण पनि समस्या आएको तर गुनासो आएलगतै   कार्बाही गर्ने गरिएको छ । 

 लामो समयसम्म थन्किएर बस्नुपरेकाले आफ्ना व्यवसाय फष्टाउन नसकेका कारण पनि यात्रुहरूले  खुसीले भाडा दिने गरेको  यातायात व्यावसायीसमेत रहेका सवारी चालक विनोद साहले बताउनुभयो । साथै यात्रुहरूले पनि ट्राफिक प्रहरीले भाडाको विषयमा सोध्दा आपूmहरूलाई बचाउने गरेको साहको भनाइ थियो ।

प्रदेश नं २ का आठवटै जिल्लाका पूर्व–पश्चिम लोकमार्ग, भित्री सडक खण्ड, सिमानाका गरी ७९ ट्राफिक प्रहरी युनिट रहेका र  प्रदेश प्रदेश नं २ मा मात्र  २४४ पूर्व– पश्चिम लोकमार्ग पर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने