2026-08-26 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हैदराबादमाथि पन्जाबको नाटकीय जित, कुन टिम कतिऔ स्थानमा ?

कात्तिक ९, एजेन्सी | इन्डियन प्रिमियर लिग (आइपिएल) को सिजन १३ अन्तर्गत ४३ औं खेलमा शनिबार बेलुका भएको खेलमा सनराइजर्स हैदराबादमाथि किंग्स इलेभेन पन्जाबले १२ रनले पराजित गरेको छ ।

जितको लागि १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरको खेलमा १ सय १४ रन बनाएर अल आउट भएपछि पन्जाबले महत्वपूर्ण २ अंक जोडेको छ । 

हैदराबादले अन्तिम १५ रन जोड्न ७ विकेट गुमाएपछि खेलमा पराजित हुन पुगेको हो । हैदराबादलाई जितको लागि अन्तिम १२ बलमा १७ रन चाहिँएको अवस्थामा १९ औं ओभरको खेलमा क्रिस जोर्डनले ३ रन खर्चेर २ विकेट लिएका थिए । 

अन्तिम ओभरमा हैदराबादलाई जितको लागि थप १४ रन मात्र चाहिँएको थियो । तर अर्शदीप सिंहले सुरुवाती ५ बलमा १ रन खर्चेर थप ३ विकेट लिएर महत्वपूर्ण जित पक्का गराएका थिए । 

यस्तो छ अंक तालिका

आईपीएलको जारी सिजनमा मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । त्यस्तै समान अंकमा दिल्ली क्यापिटल्स दोश्रो स्थानमा छ । उसले ११ खेलमा ७ मा जित र ४ मा हार व्यहोरेको छ । त्यस्तै बेंगलोर १० खेलमा ७ जित निकाल्दै ३ हार सहित तेस्रो स्थानमा छ ।

त्यस्तै कोलकाता ११ खेलमा ६ खेल जित्दै १२ अंक सहित चौथो स्थानमा छ । खेलमा पन्जाब ११ खेलमा ६ मा हार सहित १० अंक पाएर पाँचौं स्थानमा छ । त्यस्तै सनराइजर्स हैदराबाद ११ खेलमा ७ मा हार र ४ मा जित सहित छैटौं स्थानमा पुगेको छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग