२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपीएल क्रिकेट: चेन्नईद्वारा बैंग्लोर पराजित, राजस्थानद्वारा मुम्बई पराजित

२०७७, १० कार्तिक सोमबार ०२:१२

कात्तिक १०, काठमाडौँ | साविक उपविजेता चेन्नई सुपर किङ्सले यूएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको छ । तर चेन्नई जारी आईपीएलको अंकतालिकामा सबैभन्दा पुछारमा छ । 

दुबईमा आइतबार भएको खेलमा चेन्नईले बैंग्लोरलाई ८ विकेटले पराजित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य चेन्नईले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।


चेन्नईको जितमा रुतुराज गायकवाडले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । चेन्नईले १२ खेलमा ८ अंक जोडेको छ भने चेन्नई सातौं स्थानमा उक्लिएको छ ।

राजस्थानद्वारा मुम्बई पराजित

आइतबारनै भएको अर्को खेलमा राजस्थान रोयल्सद्वारा मुम्बई इन्डीएन्स पराजित भएको छ । मुम्बईले दिएको १९६ रनको लक्ष्यलाई राजस्थानले १९ ओभरको खेलमै पुरा गर्दै मुम्बईलाई पराजित गरेको हो । 


खेलमा मुम्बईको लागि हार्दिक पाण्डेयले नटआउट २१ बलमा ६० रन बनाए भने सूर्यकुमार यादवले ४० रन, ओपनर इशान किसन र सौरभ तिवारीले समान ३४ रन बनाएका थिए । मुम्बई विरुद्धको खेलमा ५ विकेट लिने क्रममा जोफ्रा आर्चर र श्रेयस गोपालले समान २/२ विकेट लिए भने कार्तिक त्यागिले १ विकेट लिए ।  

त्यस्तै मुम्बईले दिएको १९६ रनको फराकिलो लक्ष्यलाई पुरा गर्ने क्रममा राजस्थानका बेन स्टोकले नट आउट रही १०७ रन जोडेका छन् ।  स्टोकले ६० बलमा उक्त स्कोर बनाउन सके । आफ्नो सतकीय पारीमा उनले १४ चौका र तीन छक्का प्रहार गरे । 

त्यस्तै अर्का ब्याट्सम्यान संजु सामसनले नटआउट ३१ बलमा ५४ रन जोडे । उनले ४ चौका र ३ छक्क प्रहार गरे । 

राजस्थानको लागि रोविन उथप्पा १३ रन र स्टेभ स्मिथले ११ रन मात्र जोड्न सके । राजस्थानको २ विकेट जेम्स पट्टिन्सनले लिए । बाँकी बलरहरुले कुनै विकेट लिन सकेनन् । यसैको फाइदा उठाउदै खेलमा स्टकले नावाद सतकीय र सामसनले नावाद अर्धसतकीय पारी खेले । 

आईपिएल अंक तालिका

जारी आइपीएल अंकतालिका अन्तर्गत सबैभन्दा शिर्ष स्थानमा मुम्बई इन्डीएन्स रहेको छ । मुम्बईले ११ खेलमा ७ खेल जित्दै १४ अंक प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थानमा दिल्ली क्यापिटल छ भने तेश्रो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर रहेको छ । अंकतालिका अनुसार दिल्ली र बैंग्लोरले ११/११ खेलमा ७/७ खेल जित्दै समान १४/१४ अंक रहेको छ ।

त्यस्तै चौथो स्थानमा कोलकाता नाईटराइडर्स रहेको छ  । कोलकाताले ११ खेलमा ६ खेल जितेर १२ अंक पाएको छ । त्यस्तै पाँचौं स्थानमा किंग्स इलाभेन पंजाव रहेको छ । उसले ११ खेलमा ५ खेल जित्दै १० अंक प्राप्त गरेको छ । 

त्यस्तै छैटौं स्थानमा राजस्थान रोयल्सले १२ खेल खेल्दै ५ खेलमा जित्दै १० अंक पाएको छ । त्यस्तै सातौँ स्थानमा रहेको सनराइजर्स हैदरावादले ११ खेलमा ४ खेल जित्दै ८ अंक पाएको छ । 

त्यस्तै आईपीएलको अन्तिम स्थानमा चेन्नई सुपर किंग्स रहेको छ । चेन्नईले १२ खेलमा ४ खेल जितेर ८ अंक मात्र बनाएको छ । 

आजको खेल 

जारी आईपीएलको ४६ औं खेल अन्तर्गत आज कोलकाता नाइटराईडर्स र किंग्स इलाभेन पन्जाबबीच खेल हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले