२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल

१३ कार्तिक २०७७, बिहीबार ०९:४७

सन्तोष पुर्कुटी | कात्तिक १३, ताप्लेजुङ | हेरिरहुँ लाग्ने ढुङ्गाको कापबाट करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । वरिपरिका अग्ला पहाड र पहाडको काखमा रहेको हरियाली जङ्गलमा विभिन्न प्रजातिका चराचुङ्गीको चिरबिर आवाज छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सावाँमा पर्ने फुङफुङे झरनामा पुग्ने सबैलाई आकर्षित गर्ने वातावरण हो यो ।   

अझ झरना नजिकैको सावाँ गाउँको बस्तीका लिम्बू समुदायको स्वागत सत्कार र आत्मियताले त झनै लोभ्याउँछ । त्यसैले पनि झरना क्षेत्रमा पुगेकाहरु तुरुन्तै फर्किन खोज्दैनन् । फुङफुङे झरना र स्थानीय समुदायको स्वागत र आत्मियता । यहाँको विशेषता हो यो । केही अघिसम्म गुमनाम जस्तै बनेको फुङफुङे झरनाले आजकल धेरैलाई यसैगरी आकर्षित गरिरहेको छ । आन्तरिक पर्यटकको चहलपहल एकपछि अर्काे गरी दिनदिनै बढ्दै छ । 


गत वर्षसम्म यहाँ फाट्टफुट्ट मात्र पर्यटक पुग्ने गर्दथे । तर अहिले भने यस जिल्लाका मात्रै नभई काठमाडौँ, पोखरा, इटहरी, धरान, झापा, इलाम, पाँचथरलगायतका जिल्लाबाट पनि सवारी ‘बुक’ गरेरै पर्यटकहरु झरनाको अवलोकन गर्न पुगेका छन् । असोज यता दैनिक कम्तीमा ५० देखि ६० जनासम्म आन्तरिक पर्यटक पुग्न थालेका स्थानीय बताउँछन् । कहिले त एक/दुई सयकै हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेको स्थानीय होमस्टे (घरबास) सञ्चालक तथा होटल व्यवसायी विजय साँवाले बताउनुभयो । 

पछिल्लो समयमा फुङफुङेको प्रचार–प्रसारमा वृद्धि हुँदै गएको र यायायातको सुविधा पुगेकाले क्रमशः पर्यटकहरुको सङ्ख्या पनि बढेको साँवाको भनाइ छ । “यस क्षेत्रमा पर्यटन प्रर्वद्धनका लागि सानोतिनो बजेट पनि आउन थालेको छ, नजिकै सामुदायिक होमस्टेसमेत खोलेका छौँ, आउन जान सडक यातायात सहज बनेको छ, दैनिकजसो गाडी रिजर्भ गरेर पनि आन्तरिक पर्यटकहरु आउन थाले” फङफङदेन सामुदायिक होमस्टेका अध्यक्षसमेत रहनुभएका साँवाले भन्नुभयो । 

हिमाली संरक्षण मञ्चलगायतका सङ्घसस्थाको सहयोगमा झरना नजिकैको बस्तीमा सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । होमस्टेमा पुग्ने पर्यटकले लिम्बू समुदायको परम्परागत नाचहरु धान नाच, हाक्पारे ख्याली, च्याब्रुङ नाच, बिजुवा नाचसमेत अवलोकन गर्न पाउँछन् भनेसँगै नाच्न र गाउनसमेत सक्छन् । लिम्बू समुदायको यी नाचहरु निकै आकर्षक हुने गर्छन् । आफ्नो गाउँघरमा आएका पाहुनालाई स्वागत सत्कार गर्न, मेला महोत्सव, विवाहलगायत चाडबाडका समयमा पनि यिनै नाचहरु नाच्ने गरिन्छ । त्यस्तै होमस्टेमा लिम्बू समुदायकै परम्परागत खाना, तोङ्वा सुकुटी, स्थानीय उत्पादनमा आधारित विभिन्न खाद्य परिकार, सिस्नु ढिँडो, स्थानीय कुखुराको मासु इत्यादिको स्वाद समेत चाख्न पाइन्छ । 

लिम्बू समुदायमा साइनो नलाग्नेबीच सोल्टी सोल्टिनीको साइनो लगाउने चलन छ । यही साइनोमा एकअर्कालाई बोलाउन र भलाकुसारी गर्नुको मज्जा बेग्लै छ । जसले स्थानीय समुदायसँग आत्मियता पनि बढाउने गरेको छ । 

आवश्यक पूर्वाधारको विकास र उचित प्रचारप्रसार हुन नसक्दा फुङफुङे झरना केही वर्ष अघिसम्म ओझेलमै थियो । तर पछिल्लो पटक सरकारको समेत यस क्षेत्रमा ध्यान पुगेपछि क्रमशः पूर्वाधारको विकास हुँदै गएको स्थानीयले बताएका छन् । अहिले झरना अवलोकनका लागि विश्रामस्थल निर्माण भएको छ भने घोडेटो बाटोसमेत व्यवस्थित बनेको छ । केही पूर्वाधार निर्माणका कार्यसमेत चलिरहेका छन् । प्रचारप्रसार र स्थानीय संस्कार संस्कृतिलाई संरक्षण गर्न सके त्यस क्षेत्रलाई नमूनाको रुपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ । 

पर्यटन प्रर्वद्धनमा सबै पक्ष जुटे स्थानीयको आयआर्जनमा वृद्धि हुनुका साथै ताप्लेजुङको विकासमा नै सहयोग पुग्नेछ । पहिले यो झरनाबारे थाहा थिएन तर अहिले पर्यटकको लाम लाग्न थालेको छ । अब देश विदेशका पर्यटकको आगमनलाई कसरी निरन्तरता दिने भन्ने चुनौती थपिएको स्थानीयले बताएका छन् । 

“पूर्वाधारको विकास र निर्माणले मात्रै पुग्दैन पर्यटन प्रवद्धनका लागि स्थानीयस्तरका भाषा, वेषभूषा, कला संस्कृतिको जगेर्ना गर्नुपर्छ र स्थानीयलाई पर्यटन व्यवसायबाटै आत्मनिर्भर बनाउनुपर्छ” स्थानीय समाजसेवी विके थलङ भन्नुहुन्छ । यस्तै जलवायु परिवर्तनलगायतका कारण जलाधार क्षेत्र समेत प्रभावित भइरहेका बेला पर्यटकका आकर्षण  तालतलैया, पोखरी, झरनाजस्ता क्षेत्रलाई कसरी संरक्षण गर्ने वा जोगाउने भन्ने विषयमा पनि ध्यान दिन जरुरी भएको उहाँको भनाइ छ । 

यता जिल्लाका धार्मिक तथा सांस्कृतिक एवं प्राकृतिक पर्यटकीय क्षेत्रलाई सडक मार्गबाट एक आपसमा जोड्न सके थप पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने जिल्लावासीहरु बताउने गर्छन् । यस जिल्लामा पर्यटक आकर्षित गर्नसक्ने तिम्बुङ पोखरी, सोदु पोखरी, भूत पोखरी साथै सानातिना सयौँ तालतलैया र झरनाहरु पनि छन् । विश्वको तेश्रो अग्लो तथा नेपालको दोश्रो अग्लो कञ्चनजङ्घा हिमाल, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, करिब ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा जस्ता ठाउँहरु जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य हुन् । वर्षेनी यी क्षेत्रको विकासका नाममा बजेट र कार्यक्रम आएको प्रशस्तै सुन्ने गरिए पनि देखिने गरी विकासका गतिविधि तथा न्यूनतम पूर्वाधार निर्माणको काम भने कमै मात्र भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु