2026-07-24 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मिनीग्रिड आयोजना निर्माणसम्बन्धी सम्झौता सम्पन्न

कार्तिक १५, काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणको पहल थालेका छन् ।  कर्णाली प्रदेशको जुम्ला जिल्लाका  सात लघु तथा साना जलविद्युत् आयोजनालाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी र केन्द्रबीच हालै सम्झौता भएको हो ।

सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसूदन अधिकारी र नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी (एनइए इञ्जिनियरिङ्ग कम्पनी लिमिटेड) का तर्फबाट प्रवन्ध निर्देशक तथा प्राधिकरणका उपव्यवस्थापक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गर्नुभएको छ । ती मिनीग्रिड परियोजनाको इञ्जिनियरिङ्ग डिजाइनलगायत विस्तृत सम्भाव्यता अध्ययन कम्पनीले गर्नेछ । सोका लागि आर्थिक सहयोग केन्द्रले व्यहोर्नेछ । 

परियोजनाअन्तर्गत केन्द्रको अनुदान सहयोगमा सम्पन्न छ  आयोजना तथा प्राधिकरणको सहयोगमा सम्पन्न एक गरी सात आयोजनालाई मिनीग्रिडमा जडान गरी सो मिनीग्रिडलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सदरमुकामस्थित चन्दननाथ नगरपालिकामा रहेको २०० किवा क्षमताको घुघुजी साना जलविद्युत् आयोजना प्राधिकरणको सहयोगमा निर्माण भएको हो । तातोपानी गाउँपालिकाको २०० किवा क्षमताको गिरीखोला साना जलविद्युत् आयोजना, चन्दननाथ नगरपालिकाको १०० किवाको जुवानदी ठिन्केबाँध लघु जलविद्युत् आयोजना तथा पातारासी गाउँपालिकाका ४५ किवाको त्रिवेणी लघु जलविद्युत् आयोजना, ३१ किवाको लुम लघु जलविद्युत् आयोजना, ५० किवाको डिल्लीचौर लघु जलविद्युत् आयोजना र ९९८ किवाको चुकेनी खोला साना जलविद्युत् आयोजना केन्द्रको सहयोगमा निर्माण भएको हो । मिनीग्रिड आयोजनाको क्षमता १।६२४ मेगावाट  छ । 

सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले लघु तथा साना जलविद्युत् आयोजनाको प्रभावकारी व्यवस्थापन र दिगोपनाका लागि आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने बताउनुभयो । केन्द्रले पहिलेदेखि नै यस कार्यलाई प्राथमिकतामा राखेको, हालसम्म देशका विभिन्न स्थानमा छ  लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको र २४  लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडानका लागि अध्ययन सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार विकास साझेदारहरुको सहयोगमा करोडौंको लगानीमा दुर्गम क्षेत्रमा निर्माण भएका लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइन पुगेपछि बन्द हुने क्रमलाई रोक्न ती आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नाको विकल्प नरहेको उहाँको भनाइ छ । 

प्राधिकरणका उपव्यवस्थापक शाक्यले मिनीग्रिड निर्माणले प्राधिकरणको वितरण प्रणालीलाई अझ मजबुत बनाउने बताउँदै यसका लागि नेपाल सरकार र विभिन्न विकास साझेदारसँग छलफल भई उपयुक्त आर्थिक स्रोतको व्यवस्था गरी अझ बृहत्रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लघु तथा साना जलविद्युत्लाई राष्ट्रिय ग्रिड प्रणालीमा जोड्नका लागि आवश्यक गुरुयोजना तयार गर्न केन्द्र, प्राधिकरण र कम्पनीबीच त्रिपक्षीय समझदारी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

हाल देशभर रहेका झण्डै २००० लघु जलविद्युत् आयोजनामध्ये राष्ट्रिय प्रसारण लाइनमा जोड्न सम्भाव्य रहेका कूल आयोजनाको संख्या  छिट्टै पहिचान गरिने बताइएको छ । आयोजना जडान गर्दा एकल आयोजनालाई सीधै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, निश्चित क्षेत्रमा रहेका एकभन्दा बढी आयोजनाको स्थानीय ग्रिड निर्माण गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने वा स्थानीय ग्रिडलाई ‘अफग्रिड’ रुपमै सञ्चालन गर्न सकिने जस्ता विभिन्न विकल्पसहित अध्ययन गरिनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक