साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ । 
2026-07-24 09:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पश्चिमी क्षेत्रमा अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ । 

एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी साउन १३ गतेसम्म ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएका छन् । 

देशको पश्चिमी भेगमा भने अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । खासगरी सुदूरपश्चिम भेगमा रातिको समयमा एक/दुई दिन भिषण वर्षा हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले राससलाई जानकारी दिए । 

“दुई तीन दिनयता लगातारको झरी कम भइसकेको छ, सक्रिय मनसुनमा सुधार आएको छ, तर पश्चिम क्षेत्रमा केही दिन वर्षा हुने देखिएकाले सतर्क रहनुपर्ने हुन्छ”– उनले भने । आज पनि उपत्यकासहित देशभर बदलीसँगै अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ । 

विभागको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी धनगढीमा ४१ मिलिमिटर र सबैभन्दा कम दिपायलमा तीन मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १२ मिलिमिटर वर्षा भएको छ भने ताप्लेजुङमा २३, ओखलढुङ्गामा ३३ र डडेल्धुरामा १९ मिलिमिटर वर्षात् भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक