२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोभिड–१९ संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजार भन्दा बढीको मृत्यु

२०७७, १६ कार्तिक आईतवार ०७:३७

कार्त्तिक १६, नयाँदिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् भने ४७० जनाको मृत्यु भएको छ । 

कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार १११ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

 भारतभरी हाल पाँच लाख ७० हजार ४५८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सब भन्दा  प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ १ लाख २४ हजार १४२ जना सक्रिय संक्रमित रहेका छन् । महाराष्ट्रमा १५ लाख १० हजार ३३५ जना यस भाइरस मुक्त भएका छन् भने ४३ हजार ९११ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ९१ हजार २९७ जना सक्रिय संक्रमित रहेका र ३ लाख ४० हजार ३२४ जना कोरोना मुक्त भएका छन् । एक  हजार ४८४ जनाको मृत्यु भएको जनाइएको छ । तमिल नाडूमा २२ हजार १६४ जना सक्रिय संक्रिमित रहेका छन् भने नयाँ दिल्लीमा ३२ हजार ७१९ जना सक्रिय संक्रमित रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ