2026-06-28 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेन्नई पछि पन्जाब आइपीएलबाट बाहिरियो, अन्तिम खेलमा चेन्नईको जित

कात्तिक १६, काठमाडौँ | युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट किङ्स इलाभेन पन्जाब पनि बाहिरिएको छ । यस अघि चेन्नई सुपर किंग्स आइपीएलबाट बाहिरिएको थियो । 

आबुधाबीमा आइतबार जित्नै पर्ने खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफमा पुग्ने सम्भावनाबाट बाहिरिएको हो । चेन्नईले जितेपनि प्लेअफको लागि प्रतिष्पर्धामा रहेको १४ अंकको स्कोर जम्मा गर्न नसक्दा खेलबाट यस अघिनै बाहिरिएको थियो । चेन्नईले १४ खेलबात १२ अंक मात्र  बनाउन सक्यो । त्यस्तै आजको खेल जितेर प्ले अफमा पुग्ने आशा सहित खेलमा उत्रिएको किंग्स इलाभेन पन्जाबले चेन्नईसंगको हारमा १२ अंकमै सिमित भएपछि आइपीएलबाटै बाहिरिएको हो । 


शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले १८ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । चेन्नईलाई जित दिलाउन रुतुराज गायकवाडले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै चेन्नईको लागि फाप डु प्लेसिसले ४८ रन जोड्दा अम्बाती रायडुले अविजित ३० रन बनाए । खेलमा पन्जाबका क्रिस जोर्डनले १ विकेट मात्र लिन सके ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।


पन्जाबका लागि दिपक होडाले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेलेर १५३ रनको स्कोरसम्म पुर्याएका थिए । उनले ३० बलमा ४ छक्का र ३ चौका प्रहार गरेका थिए । पन्जाबको ब्याटिङको क्रममा कप्तान केएल राहुलले २९ रन, मयांक अग्रवालले २६ रन, मन्दिप सिंहले १४ रन र क्रिस गेलले १२ रन बनाएका थिए । 

पन्जाबको विकेट लिने क्रममा चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए भने सार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी