अमेरिकी राष्ट्रपतिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमेरिकी राष्ट्रपतिको"/>
२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै

२०७७, १७ कार्तिक सोमबार ०८:२७

कात्तिक १७, वासिङटन,  (रासस–एएनआई) । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । 

अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । 

पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहनु भएको देखाएका छन् ।

एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिन अघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ । एनबिसीका अनुसार चुनावी मत सर्वेक्षणमा सहभागी बिल म्याकइन्टर्फले राष्ट्रव्यापी मत सर्वेक्षणमा १० प्रतिशत अग्रता बनाए पनि चुनावी परिणामका बारेमा यसै भन्न नसकिने अवस्था रहेको बताउनु भएको छ ।

चुनाव अघिको मत सर्वेक्षणमा बाइडेनले ट्रम्पभन्दा ६ प्रतिशत विन्दुले मात्र अग्रता बनाइराखेको देखाएका थिए । चुनावी नतिजालाई फेरबदल गर्न सक्ने मुख्य राज्यहरुमा एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, मेन, मिसिगन, मिनेसोटा, नर्थ क्यारोलिना, न्यू ह्याम्पसायर, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिन रहेका छन् । 

गत अक्टोबर २९ देखि ३१ तारिखसम्मको मतसर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झण्डै ५५ प्रतिशतले समर्थन जनाएका छन् । 

चुनावी नतिजा उलटफेर गर्न सक्ने “ब्याटलग्राउन्ड” नाम दिइएका केही राज्यहरुमा मतदातालाई आफूतिर तान्न राष्ट्रपतिका दुबै आकाँक्षीले अन्तिम चुनावी सभाहरु गरिरहेका छन् । 

अमेरिकी चुनाव परियोजनाका अनुसार आइतबार दिउँसोसम्म ९ करोड ३० लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । यो संख्या सन् २०१६ मा गणना गरिएको कूल मतको झण्डै ६८ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह