२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ घण्टामा थप २९३३ जनामा संक्रमण पुष्टि, उपत्यकामा १६३० संक्रमित

२०७७, १७ कार्तिक सोमबार ११:४७

कात्तिक १७, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना निको हुँदा २४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । 

हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० र निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् । 

संक्रमितमध्ये २१.२ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् । यस्तै हालसम्म कुल संक्रमितको ०.६ प्रतिशतले ज्यान गुमाउँदा निको हुनेको प्रतिशत ७८.२ रहेको छ ।

उपत्यकामा १६३० संक्रमित थपिए 

गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १६३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा संक्रमितमध्ये महिला ७०२ र पुरुष ९२८ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल काठमाडौंमा १० हजार ७९७, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार २५७ जना होम आइसोलेशनमा रहेका छन् भने काठमाडौंमा १६ हजार ११८, भक्तपुरमा १ हजार ३३ र ललितपुरमा २ हजार २८८ सक्रिय संक्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह