कात्तिक १९ , काठमाडौं | मंगलबार भएको अमेरिकी राष्ट्रपतिचुनावको नतिजा आउँन थालेको छ | प्रारम्भिक मत परिणाम अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन अगाडी छन् |
मतगणनाको प्रारम्भिक चरणमा बाइडन ट्रम्पभन्दा अगाडि छन् यधपी मुख्य प्रतिस्पर्धा हुने राज्यको मतगणनाको नतिजा भने आउन बाँकी छ | फ्लोरिडा, पेन्सिभानिया, टेक्सास, नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यको नतिजाले अमेरिकाको आगामी राष्ट्रपतिको टुंगो लगाउने बताइएको छ |
१८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्मोन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् भने नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल ट्रम्पले जितेका छन् |
अहिलेसम्म अमेरिकाका ५० मध्ये २० राज्यको नतिजा आइसकेको छ | जसमा बाइडनले ९४ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पल पक्षमा ८० इक्लेक्टोरल भोट प्राप्त गरेका छन् |
-बीबीसी