2026-07-24 08:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वियर होइन, लोकल रक्सि बेच्दो रहेछ गोर्खा ब्रुअरी !

कात्तिक १९, काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लिखित गुणस्तर मापदण्डलाई छलेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बियर भन्दै बेच्दै आएको छ । यसलाई पुष्टि हुनेगरि आन्तरिक राजस्व विभागले गुणस्तरहीन बियरको अन्तःशुल्कको मूल्य समेत बढाइदिएको छ । 

अनुसन्धानका क्रममा गोर्खा ब्रुअरीका उत्पादन (काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर)मा माल्ट (प्रशोधित जौ) को मात्राभन्दा कनिका धेरै भेटिएपछि वर्गीकरणमार्फत हाल यस्ता बियरलाई ‘लोकल रक्सी’ को सूचीमा राखेर अन्तःशुल्कको मूल्य बढाइएको विभागले जनाएको छ ।

बजारमा पाइने काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि विभागले यस्ता बियर बजारमा पठाउन र बिक्री वितरण गर्न रोक लगाएको छ । बिभागले वियरको मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको उत्पादन भएको पाएपछि बियरको मान्यतासमेत दिएको छैन । 

विभागले गोर्खा ब्रुअरीको उत्पादनमा बियरमा आवश्यक पर्ने प्रशोधित जौको मात्र थोरै राखी नाफा कमाउने उद्देश्यले कनिकाको मात्रा बढी प्रयोग भएको बताएको छ । बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ । तर कम्पनीले ५० प्रतिशत भन्दा बढी कनिकाको मात्रा मिसाएको पाईएपछि बिभागले उत्पादनलाई बजारमा जान रोकेको छ । तर कम्पनीले भने आफ्ना उत्पादन बजार पठाउन दवाब दिदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक