१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वियर होइन, लोकल रक्सि बेच्दो रहेछ गोर्खा ब्रुअरी !

१९ कार्तिक २०७७, बुधबार ०४:४५

कात्तिक १९, काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लिखित गुणस्तर मापदण्डलाई छलेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बियर भन्दै बेच्दै आएको छ । यसलाई पुष्टि हुनेगरि आन्तरिक राजस्व विभागले गुणस्तरहीन बियरको अन्तःशुल्कको मूल्य समेत बढाइदिएको छ । 

अनुसन्धानका क्रममा गोर्खा ब्रुअरीका उत्पादन (काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर)मा माल्ट (प्रशोधित जौ) को मात्राभन्दा कनिका धेरै भेटिएपछि वर्गीकरणमार्फत हाल यस्ता बियरलाई 'लोकल रक्सी' को सूचीमा राखेर अन्तःशुल्कको मूल्य बढाइएको विभागले जनाएको छ ।


बजारमा पाइने काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि विभागले यस्ता बियर बजारमा पठाउन र बिक्री वितरण गर्न रोक लगाएको छ । बिभागले वियरको मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको उत्पादन भएको पाएपछि बियरको मान्यतासमेत दिएको छैन । 

विभागले गोर्खा ब्रुअरीको उत्पादनमा बियरमा आवश्यक पर्ने प्रशोधित जौको मात्र थोरै राखी नाफा कमाउने उद्देश्यले कनिकाको मात्रा बढी प्रयोग भएको बताएको छ । बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ । तर कम्पनीले ५० प्रतिशत भन्दा बढी कनिकाको मात्रा मिसाएको पाईएपछि बिभागले उत्पादनलाई बजारमा जान रोकेको छ । तर कम्पनीले भने आफ्ना उत्पादन बजार पठाउन दवाब दिदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु