३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पले भने- धाँधली भयो, मतगणना बन्द गरौं

१९ कार्तिक २०७७, बुधबार ०८:४०

 कात्तिक १९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाबारे प्रश्न उठाएका छन् । उनले दशौं लाख अमेरिकीहरुले आफूलाई भोट गरेको भन्दै केही समूहले उनीहरुको भावनामाथि खेल्न खोजेको आरोप लगाएका हुन् ।  

‘दशौं लाख र दशौं लाखले हामीलाई भोट गरेका छन् ,’ ह्वाइटहाउसका प्रतिक्रिया दिँदै ट्रम्पले भने,‘एउटा अति नै दुःखी व्यक्तिहरुको समूहले ती व्यक्तिहरुलाई आफ्नो अधिकारबाट वन्चित गर्न खोजेको छ ।’ उनले तत्कालै मतगणना बन्द होस् भन्ने आफ्नो चाहना व्यक्त गरेका छन् । 

ट्रम्पले आफ्नो अग्रता रहेका राज्यहरुमा तत्कालै आफूलाई विजयी घोषणा गरिनुपर्ने संकेत गरेका छन्, जबकी ठूलो मात्रामा मतगणना हुनै बाँकी छ । ट्रम्पले अघिल्लो साँझ नै विजय घोषणा गर्ने आफ्नो योजना रहेको पनि सुनाएका छन् । ‘हामी ठूलो खुसीका लागि तयार हुँदै थियौं । हामीले सधै जितिरहेका थियौं र अचानक यो सबै रोकियो,’ उनले भने । ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप पनि लगाएका छन् । ‘यो अमेरिकी जनताप्रतिको ठगी हो । यो हाम्रो देशका लागि पीडादायी हो, ट्रम्पले भने,‘खुलस्त भन्नुपर्दा हामीले यो निर्वाचन जितेका थियौं ।’

ट्रम्पले यस्तो दाबी गरिरहेपनि धेरै राज्यहरुबाट अन्तिम मतपरिणाम आउन बाँकी नै छ । जर्जिया, मिचिगन, नेभादा, उत्तरी कारोलिना, पेन्सिलभेनिया, विस्कन्सिनलगायत  राज्यको मतगणना सकिनैं बाँकी छ । यसमध्ये धेरैजसो राज्यमा ट्रम्प अगाडि देखिएका छन् ।  यद्यपी, मतान्त निकै साँघुरो भएकाले यी राज्यको पूर्ण नतिजा नआएसम्म कसले जित्न भनेर ठोकुवा गर्न कठिन छ । 

कोरोना भाइरसका कारण यस वर्ष हुलाकमार्फत भोट खसाल्ने मतदाताहरुको संख्या ठूलो देखिएको छ, उनीहरुले निर्वाचन मितिभन्दा केही दिनअघि नै भोट खसालेका थिए । यद्यपी, निर्वाचन सकिएपछि मात्रै उनीहरुको मतगणना हुन्छ । उनीहरुको मतगणना गर्न समय लागेकाले केही राज्यको अन्तिम मतपरिणाम आउन पनि ढिलाई भएको हो । ती मतदाताको प्रभाव निर्वाचनमा ठूलो पर्नसक्ने ठानिएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट