कार्तिक २०, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा )अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तामा विना सहमति टुंगिएको छ |
पछिल्लो समय नेकपा भित्रको विवाद चर्किदै गएपछि समाधानबारे बालुवाटारमा छलफल भएपनि कुनै सहमति भने जुट्न नसकेको हो |
बिहिबार दिउँसो मन्त्रिपरिषद बैठक सकिएलगत्तै उनीहरुले भेटवार्ता गरेका थिए | कर्णाली प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ‘रअ’ प्रमुखसँगको भेटवार्ता र राजदूत सिफारिस लगायत कारण नेकपाका अध्यक्षबीच दुरी बढ्दै गएको छ |
अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय पालना नगरेको प्रधानमन्त्री ओलीमाथि आरोप लाग्दै आएको छ |