कात्तिक २०, दोहा | कतारमा ‘इस्तिस्का’ (वर्षाका निम्ति गरिने प्रार्थना) गरिएको छ ।
कतारका अमिर शेख तामिम बिन हमाद अल थानीका निजी प्रतिनिधि लगायत विशिस्ट व्यक्तिहरुले अल वज्बाहको मैदानमा वर्षाको निमित्त प्रार्थना गरेका हुन् ।
इस्तिस्का प्रार्थनाको लागि इस्लामिक मन्त्रालयले देश सबै मस्जिदहरू विहीबार खुला गरेको थियो । प्रार्थनाको लागि सबैलाई मस्जिदहरूमा समेत बोलाएको थियो ।
इस्लामिक धर्म अनुसार यो प्रार्थना हरेक वर्ष हुने गरिन्छ । प्रार्थनामा विभिन्न उच्च अधिकारीहरूको समेत सहभागिता रहने गर्छ ।