कार्तिक २१, काठमाडौँ | शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा पाँच जना सचिवालय सदस्य मात्र सहभागी भएका छन् |
पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् |
९ सदस्यीय सचिवालयका ४ जना प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् सचिवलाय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने अनुपस्थित छन् |
अनौपचारिक बैठकका लागि सचिवालयका ९ जनालाई नै बैठकमा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए |