कार्तिक २२, काठमाडौँ | विश्व शक्ति राष्ट्र अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडन विजयी भएका छन् | मंगलबार भएको निर्वाचनमा विपक्ष रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइड राष्ट्रपतिमा निर्वाचित भएका हुन् |
उनले डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दिएका थिए | अमेरिकामा राष्ट्रपतिको लागि निर्वाचित हुन २७० इलेक्टोरल भोटको आवश्यकता पर्दछ | त्यस्तै अमेरिकाको पहिलो महिला उप[राष्टपतिमा कमला ह्यारिस विजयी भएकी छिन |
बाइडन अमेरिकाको सन् १९०० यता सबैभन्दा बढी मत प्राप्त गर्ने राष्ट्रपती बनेका छन् | उनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो |
उनका विपक्षी ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मत हो |-स्रोत बिबिसी