२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा श्रमिक लैजाने अनिश्‍चित बन्दै,श्रमस्वीकृति लिएका ३५ हजार नेपाली अलपत्र

२०७७, २४ कार्तिक सोमबार ०५:४५

कार्तिक २४,काठमाडौँ  | नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ | यसअघि महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो |

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि नेपालीहरुका लागि उक्त श्रम गन्तब्य अनिश्चित बनेको मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले बताए | रोजगारदाता कम्पनीहरूले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई समेत घर आउन दिएका छैनन् | कम्पनीले अवधि सकिएका श्रमिकलाई करार नवीकरणका लागि आग्रह गर्न थालेका छन् |

मलेसियाले बिदामा गएका नेपाली श्रमिक आउन पनि कडाइ गरेको छ। रोजगारदाताले अति आवश्यक पर्ने भन्दै आवेदन दिएपछि मात्रै अध्यागमनले अनुमति दिने भएको छ | वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा १ सय ३ जनाले पुनः श्रमस्वीकृति लिएका थिए। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार पूर्व र अन्तिम स्वीकृति लिइसकेका झन्डै ३५ हजार नेपाली श्रमिक मलेसियाका लागि प्रतीक्षारत रहेका छन्। मलेसिया झन्डै १९ महिना बन्द भएको र  बल्ल खुलेर गति लिइरहेको अवस्थामा धेरै माग आउन थालेको संघका महासचिव सुजित श्रेष्ठले बताए | तर एउटा प्रक्रिया सकेर उड्न तयार नेपाली रोकिएको उनको भनाइ छ 

उनले भिसा प्रक्रिया समाप्त भइसकेका श्रमिकको खर्च भने फिर्ता हुनुपर्ने बताए। कोभिड–१९ महामारी सुरु भएपछि मलेसियाबाट १८ हजार नेपाली स्वदेश फिरिसकेका छन् | यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक