२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै लुटपाट गर्ने तीन जना पक्राउ

२४ कार्तिक २०७७, सोमबार १५:२८

कात्तिक २४, महेन्द्रनगर (रासस) । प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी लुटपाटमा संलग्न बेदकोट नगरपालिका–१ का २८ वर्षीय केदार विष्ट, बेदकोट–२ का २२ वर्षीय पारसमणी जोशी र कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दीपक भट्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले पक्राउ परेका युवा समूहबाट एक थान पेस्तोल, दुई राउण्ड गोली, रु तीन लाख नगद र चार थान मोबाइल बरामद गरेको बताउनुभयो । अभियुक्तले बेदकोट नगरपालिका–५ पोलखरीस्थित हरेन्द्र बोहराको घरमा गई यही कात्तिक १९ गते सो घटना घटाएको प्रहरी उपरीक्षक मरासिनीले बताउनुभयो ।

“अभियुक्तको समूहले प्रहरी ब्यूरोबाट आएका हौँ भनेर राति घटना गराएपछि हामीलाई दोस्रो दिन बिहान जानकारी आयो”, उहाँले भन्नुभयो, “चाडपर्वका बेला भएको यो गम्भीर खालको घटना हो ।

” उहाँले दोषीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाउँदै घटनामा संलग्न सातदेखि नौ जनाको समूह हुनसक्ने बताउनुभयो । “घटनास्थलमा गोली र अनुसन्धान गर्दै जाँदा अभियुक्त केदारको घरमा पेस्तोल भेटिएको थियो”, मरासिनीले भन्नुभयो, “पक्राउ परेकाको विगतको आचरण पनि बुझ्दै छौँ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने