2026-09-12 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कन्चनपुरमा प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै लुटपाट गर्ने तीन जना पक्राउ

कात्तिक २४, महेन्द्रनगर (रासस) । प्रहरीको ब्यूरोमा कार्यरत प्रहरी हौँ भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी लुटपाटमा संलग्न बेदकोट नगरपालिका–१ का २८ वर्षीय केदार विष्ट, बेदकोट–२ का २२ वर्षीय पारसमणी जोशी र कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दीपक भट्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले पक्राउ परेका युवा समूहबाट एक थान पेस्तोल, दुई राउण्ड गोली, रु तीन लाख नगद र चार थान मोबाइल बरामद गरेको बताउनुभयो । अभियुक्तले बेदकोट नगरपालिका–५ पोलखरीस्थित हरेन्द्र बोहराको घरमा गई यही कात्तिक १९ गते सो घटना घटाएको प्रहरी उपरीक्षक मरासिनीले बताउनुभयो ।

“अभियुक्तको समूहले प्रहरी ब्यूरोबाट आएका हौँ भनेर राति घटना गराएपछि हामीलाई दोस्रो दिन बिहान जानकारी आयो”, उहाँले भन्नुभयो, “चाडपर्वका बेला भएको यो गम्भीर खालको घटना हो ।

” उहाँले दोषीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाउँदै घटनामा संलग्न सातदेखि नौ जनाको समूह हुनसक्ने बताउनुभयो । “घटनास्थलमा गोली र अनुसन्धान गर्दै जाँदा अभियुक्त केदारको घरमा पेस्तोल भेटिएको थियो”, मरासिनीले भन्नुभयो, “पक्राउ परेकाको विगतको आचरण पनि बुझ्दै छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन