२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीका कृषकलाई दुई प्रतिशत ब्याजमा ऋण प्रवाह गरिने

२६ कार्तिक २०७७, बुधबार १०:५५

कात्तिक २६, कर्णाली । कर्णालीमा उद्यम गर्न चाहने किसानलाई अब वार्षिक दुई प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि रु एक लाखदेखि रु एक करोडसम्म ऋण दिइने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंक लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतसँग समझदारी गरेको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्लाका जोसुकै उद्यमी कृषकले अब उद्यम गर्न चाहेमा पैसाका कारणले अल्झिनुपर्ने छैन । कृषि तथा पशुपक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहने कृषकका लागि कर्णाली प्रदेश सरकारले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि, व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि कर्णालीमा कृषि तथा पशुपक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहनेका लागि कृषि विकास बैंकमार्फत् १० जिल्लाका १८ शाखाबाट दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी बैंकसँग मन्त्रालयको सम्झौता भएको छ । उहाँले यो अवसर लिई कर्णालीमा कृषिमा क्रान्ति ल्याउनसमेत सबै कर्णालीवासीलाई अनुरोध गर्नुभएको छ ।

यसरी ऋण लिएर उद्यम गर्ने व्यक्ति तथा फर्मले रु एक लाख रकमको वार्षिक रु दुई हजार मात्रै ब्याज तिर्नुपर्नेछ । ऋण लिदाँ उनीहरुले धितो भने अनिवार्य राख्नुपर्नेछ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजना अनुसार रु एक लाखदेखि एक करोडसम्म ऋण लिन सकिने सम्झौतामा उल्लेख छ । कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै व्यक्तिको आम्दानी बढाउन यस्ता कार्यक्रम ल्याउन जोड दिइएको मन्त्री केसीको भनाइ छ । 

सो कामको लागि मन्त्रालयका तर्फबाट सचिव राजेन्द्रप्रसाद मिश्र र बैंकका तर्फबाट उपमहानिर्देशक प्रताप सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । समझदारी पत्रले कर्णालीका युवालाई विदेश पलायन हुनबाट रोक्न र कृषि पेशामा आकर्षण गर्ने विश्वास लिइएको छ । समझदारी पत्र अनुसार कृषकलाई बचत गर्ने बानीको विकास गर्न, परियोजनामा स्वलागत वृद्धि गर्न, अनुदान रकमको सदुपयोगिता एवं पारदर्शिताका लागि सम्बन्धित कृषक समूहको खाता निःशुल्क रुपमा कृषि विकास बैंकमा खोल्न दुवै पक्षद्वारा सहजीकरण गरिनेछ । यस प्रकारका विद्युतीय सेवा एवं बैंकले ल्याउने अन्य प्रकारका सुविधामा छुट दिइने छुटमा प्राथमिकता दिइनेछ ।

मन्त्रालयबाट सञ्चालित व्यवसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रमअन्तरगतका शीर्षकमा पर्ने कर्जा मन्त्रालयले सिफारिस गरेबमोजिम तथा कर्जा कार्यविधिमा व्यवस्था भएबमोजिम र बैंकको प्रक्रिया पुरा गरेको खण्डमा ब्याज अनुदानसहित कर्जाका रुपमा बैंकले कजा प्रदान गर्नेछ । साथै बैंकले उपलब्ध गर्ने ऋण साना तथा सीमान्तकृत कृषकले सजिलोसँग लिन सक्नेगरी सहजीकरण गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने