२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

२०७७, २७ कार्तिक बिहीबार ०२:३८

कात्तिक २७, डोटी (रासस) । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ ।

चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिनुभएकी उहाँको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको थियो ।

प्रादेशिक अस्पतालमा समेत उपचार गर्दा रक्तस्राव नरोकिएका कारण उहाँको मृत्यु भएको स्थानीयवासी योगेन्द्र कठायतले जानकारी दिनुभयो ।

उहाँले जन्माउनुभएको नवजात शिशुको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । मृतकका दुई छोरी तथा एक चार दिनको छोरा छन् । मृतकको बुधबार नै अन्त्येष्टि गरिएको घरपरिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता