2026-07-25 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंगल्स डेः चिनियाँले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरे

कात्तिक २७, हङकङ (रासस–एपी)। यस वर्ष सन् २०२० को “सिंगल्स डे” सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन् । कोरोनाभाइरस महामारीका कारण संकट झेलिरहेको चिनियाँ अर्थतन्त्रमा सुधार आएको संकेत पनि यस खरिदले देखाएको अनुमान गरिएको छ । 

गत नोभेम्बर १ देखि ११ दिनसम्म भएको यस मेलामा टाओबाओ र टीमलबाट ७५ अर्ब डलर बराबरको सामान बिक्री भएको छ । यी दुबै इकमर्श प्लेटफर्महरु चीनको सबैभन्दा ठूलो इकमर्श कम्पनी अलिबाबाले सञ्चालन गरेको हो । पछिल्लो २४ घण्टामा मात्र ३८ अर्ब ४० करोड डलर बराबरको सामान बिक्री भएको अलिबाबाले जनाएको छ । अर्को प्रतिस्पर्धी चिनियाँ कम्पनी जेडी डट कमले पनि ४० अर्ब ९० करोड डलर बराबरको सामान बिक्री गरेको छ । 

विश्वमै सबैभन्दा ठूलो सपिङ मेला ठानिएको चिनियाँ सिंगल्स डे मेला पछिल्ला वर्षहरुमा निकै लोकप्रिय भइरहेको छ । यस मेलामा उपभोक्ताले विभिन्न किसिमका सामानमा भारी छुट पाउने गर्दछन् जसमा सामान्य घरायासी सामानदेखि बहुमूल्य वस्तु पनि राखिएका हुन्छन् । 

यस मेलामा साना खुद्रा पसलेदेखि ठूला र विश्व प्रसिद्ध ब्रान्डका सामान पाइन्छन् । एप्पल, नाइक र लोरियल समेतका लोकप्रिय ब्रान्डका सामान पनि अनलाइनमा सस्तोमा र भारी छुटमा पाइने गर्दछ । यस प्रकारको मेला सन् २००९ देखि शुरु भएको हो । अमेरिकामा संचालित ब्लाक फ्राइडे र साइबर मन्डे मेला झैं सिंगल्स डे चीनमा लोकप्रिय छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक