२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप छनौटका लागि मेसी खेल्न सक्नेः अर्जेन्टिना

२७ कार्तिक २०७७, बिहीबार ११:२१

कात्तिक २७, काठमाडौँ | विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी फिफा विश्व कप फुटबल २०२२ को छनोट चरण अन्तर्गत पराग्वे र पेरु दुबै मुलुकका फुटबल समूहसँग खेल्न सक्ने अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार बताउनुभएको छ ।

लियोनल मेसीको खुट्टाको गोलीगाँठामा चोट लागेका कारण खेल्न नसक्ने भनी चर्चा भइरहेका समय स्कालोनीको उक्त भनाइ आएको हो ।

यसभन्दा पहिले बार्सिलोनाका फरवार्ड खेलाडी मेसीले ब्युनोस आयर्सको ला बम्बोनेरामा बिहीबार पराग्वेसँगको टिमको भिडन्त अगाडि अर्जेन्टिनाको टीमसँग प्रशिक्षणमा सहभागी हुनुभएको थियो । 

“बार्सिलोनामा स्कालोनीले भन्नुभयो, “मेसी आफ्नो खुट्टाको गोलीगाँठा चोटका बाबजुद पनि खेल्दै हुनुहुन्छ ।”  

शनिबार बार्सिलोनाका लागि खेल्ने क्रममा खेलको आधा समयसम्म नै चोटका कारण मेसीलाई मैदानमा पठाइएको थिएन । यद्यपि उक्त खेल बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले जितेको थियो ।

बार्सिलोनाका ब्यवस्थापक रोनाल्ड कोम्यानले भन्नुभयो, “फरवार्ड मेसीलाई सुरुमा नखेलाउनुको अर्थ उहाँ स्वस्थ हुनुहुन्थेन ।” उहाँले मेसीको शारिरीक अवस्थाबारे विस्तृत विवरण नदिइकनै भन्नुभयो ।

बिहीबार पराग्वेसँग खेलेपछि अर्जेन्टिनी फुटबल समूह अर्को खेलका लागि पेरुको राजधानी लिमा जानेछ ।

अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको १० टिममध्ये ब्राजिलपछि दोस्रो स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता