२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले टिकटक माथि तत्काल प्रतिबन्ध नलगाउने

२०७७, २८ कार्तिक शुक्रबार ११:१३

कार्तिक २८, काठमाडौँ | अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ | यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने  भएपनि वाणिज्य मन्त्रालयले 'कानुनी प्रक्रिया जारी रहेको' भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको  हो |

सेप्टेम्बरमा त्यहाँ तीन चर्चित टिकटक प्रयोगकर्ताले अमेरिकामा उक्त भिडिओसम्बन्धी सामाजिक सञ्जालको एपलाई प्रतिबन्धित गर्न नहुने बताएका थिए | वाणिज्य मन्त्रालयको पछिल्लो निर्णय टिकटकका निम्ति ठूलो राहत हो। अमेरिकामा उसका १० करोड प्रयोगकर्ता रहेको अनुमान छ |

सेप्टेम्बरमा टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले उसको अमेरिकी सम्पत्तिलाई 'टिकटक ग्लोबल'अन्तर्गत राखेर वालमार्ट र ओरकललाई हस्तान्तरण गर्ने घोषणा गरेको थियो |

राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसको समर्थन पनि गरेका थिए। तर मङ्गलवार टिकटकले विगत दुई महिनामा अमेरिकी सरकारका तर्फबाट आफूलाई कुनै प्रतिक्रिया नदिइएको जनाएको थियो 

राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीलाई विक्री गर्नुपर्ने बताउंदै आएका छन् |

उनी तथा विदेशमन्त्री माइक पोम्पेओले पटकपटक अमेरिकी प्रयोगकर्ताको डेटा वा सूचना चिनियाँ सरकारले प्राप्त गर्न सक्ने भनेर दाबी गर्दै आएका थिए | तर त्यसबारे कुनै प्रमाण भने प्रस्तुत गरिएको छैन |

चीनसँग कूटनीतिक तनाव बढेपछि भारतले उक्त एपमाथि प्रतिबन्ध लगाइसकेको छ |भने, पछिल्लो विकासक्रमबारे टिकटकले कुनै टिप्पणी गरिसकेको छैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस