३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले टिकटक माथि तत्काल प्रतिबन्ध नलगाउने

२८ कार्तिक २०७७, शुक्रबार ११:१३

कार्तिक २८, काठमाडौँ | अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ | यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने  भएपनि वाणिज्य मन्त्रालयले 'कानुनी प्रक्रिया जारी रहेको' भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको  हो |

सेप्टेम्बरमा त्यहाँ तीन चर्चित टिकटक प्रयोगकर्ताले अमेरिकामा उक्त भिडिओसम्बन्धी सामाजिक सञ्जालको एपलाई प्रतिबन्धित गर्न नहुने बताएका थिए | वाणिज्य मन्त्रालयको पछिल्लो निर्णय टिकटकका निम्ति ठूलो राहत हो। अमेरिकामा उसका १० करोड प्रयोगकर्ता रहेको अनुमान छ |

सेप्टेम्बरमा टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले उसको अमेरिकी सम्पत्तिलाई 'टिकटक ग्लोबल'अन्तर्गत राखेर वालमार्ट र ओरकललाई हस्तान्तरण गर्ने घोषणा गरेको थियो |

राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसको समर्थन पनि गरेका थिए। तर मङ्गलवार टिकटकले विगत दुई महिनामा अमेरिकी सरकारका तर्फबाट आफूलाई कुनै प्रतिक्रिया नदिइएको जनाएको थियो 

राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीलाई विक्री गर्नुपर्ने बताउंदै आएका छन् |

उनी तथा विदेशमन्त्री माइक पोम्पेओले पटकपटक अमेरिकी प्रयोगकर्ताको डेटा वा सूचना चिनियाँ सरकारले प्राप्त गर्न सक्ने भनेर दाबी गर्दै आएका थिए | तर त्यसबारे कुनै प्रमाण भने प्रस्तुत गरिएको छैन |

चीनसँग कूटनीतिक तनाव बढेपछि भारतले उक्त एपमाथि प्रतिबन्ध लगाइसकेको छ |भने, पछिल्लो विकासक्रमबारे टिकटकले कुनै टिप्पणी गरिसकेको छैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट