विजय थापा, वाशिंगटन डिसी |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा, वाशिंगटन डिसी | 

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसीमा भुवन केसीले ड्रिम्स चलचित्र दर्शक माँझ बसेर हेरे

१७ श्रावण २०७३, सोमबार ०२:१८


विजय थापा, वाशिंगटन डिसी | डिसीमा नायक भुवन केसीले ड्रिम्स’ चलचित्र दर्शक माँझ संगै बसेर हेरेका छन् l आफ्नो सुपुत्र अनमोल केसीले नायकको अभिनय गरेको र केसीले प्रथम पटक निर्देशन गरेको चलचित्र ड्रिम्स जुलाई ३१ तारिख भर्जिनियाको आर्लिंगटनको लोम्यान्स चलचित्र मन्दिरमा प्रदर्शन गरियो l 

उक्त कार्यक्रममा नायक भुवन केसीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी महानगर क्षेत्रले उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गर्यो l  समाजका अध्यक्ष तथा लोक गायक राम प्रसाद खनाल लगायतले खादा सहित सम्मान पत्र प्रदान गरेको थियो l 


कार्यक्रममा नायक केसीले छोटो मन्तब्य राख्दै नेपाली चलचित्रको ईतिहासमा ड्रिम्स चलचित्र सर्बाधिक लोकप्रिय हुनुका साथै राम्रो रकम संकलन गर्न सफल भएको बताएका थिए  l उन्का छोरा अनमोललाई पनिडिसीको लागि ल्याउन कोसिस गरिएता पनि अर्को चलचित्रमा व्यस्त भएको कारण आउन नसकेको उनले बताए l जति पनि दर्शक उपस्थित भएका छन् अधिकांश आफुले चिने जानेका ,साथीभाई तथा नजिकका रहेकोले धन्यवाद दिए l डिसीको यो प्रदर्शन सकेर आफु नेपाल उड्ने बताउदै संगै चलचित्र हेर्ने बसेका थिए l 

ड्रिम्स चलचित्रको आयोजना संचारकर्मी तथा रेडियो जिन्दगिका कार्यक्रम संचालक सरोज केसी, राज श्रेष्ठ तथा दिपेन खरेलको बिशेष पहलमा सम्पन्न भएको हो l संचार कर्मी सरोज केसीले यो चलचित्रबाट खर्च कटाएर बचत भएको रकम नेपालमा बिशेष कारणमा खर्च गरिने बताए l 


केसीले दर्शक, आर्थिक सहयोग गर्नु हुने चन्दादाता, संचारकर्मी तथा बिशेष अर्थ प्रदान गर्नु हुने सबैलाई बिशेष नाम लिदै धन्यवाद दिएका छन् l र दर्शकहरुले आफ्ना प्रिय कलाकार नायक भुवन केसी संग तस्बिर खिचाएका थिए l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै