२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदी र बाइडेनबीच फोन वार्ता, के के विषयमा भयो छलफल ?

२०७७, ३ मंसिर बुधबार ०८:००

मंसिर ३, नयाँदिल्ली (रासस/एएनआई)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गर्नुभएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताउनु भएको थियो ।

बधाई दिन मंगलबार गरेको फोन कुराकानीका क्रममा उहाँले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा सँगसगै मिलेर काम गर्न चाहेको बताउनु भएको थियो । 

भारत र अमेरिकाबीचको सम्वन्धलाई थप प्रभावकारी, प्रगाढ र राम्रो बनाउनका लागि रणनीतिक साझेदारी र छलफललाई निरन्तरता दिनु पर्नेमा समेत उहाँले जोड दिनुभएको थियो ।  मैले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई टेलिफोन गरेर बधाई दिएको छु । फोन वार्ताका क्रममा सहकार्य गर्ने र अपसी सम्वन्धलाई अझ बलियो बनाउने बारेमा पनि सकारात्मक छलफल भएको छ, मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ । 

विगतका सहमति तथा सम्झौता, कोरोनाभाइरसको महामारी, जलवायु परिवर्तन, हिन्द–प्रशान्त क्षेत्र लगायतका बारेमा संक्षेपमा कुराकानी भएको पनि प्रधानमन्त्री मोदीले जानकारी दिनुभएको छ ।  

उहाँले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि न्यानो बधाई भन्नु भएको छ । भारतीय मूलकी अमेरिकी नागरिक ह्यारिस विजयी भएकोमा भारतीयहरु नागरिकस्तरबाट पनि यस अघि नै खुशियाली व्यक्त भइरहेका छन् । उहाँ विजयी हुनुले अमेरिका र भारतको सम्वन्ध र सहकार्यलाई थप सहज र शसक्त बनाउने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ