३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साथीको खोजीमा बाघले गर्यो अहिले सम्मकै लामो यात्रा

४ मंसिर २०७७, बिहीबार ०५:३७

मंसिर ४, काठमाडौँ | भारतको ‘वकार’ नामको बाघले सबैभन्दा लामो पैदल यात्राको रेकर्ड बनाएको छ |  यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा आरक्षलाई आफ्नो घर बनाएको छ  | रेडियो कलर राखिएको यो बाघले महाराष्ट्र र तेलंगानाको सात जिल्लामा ३ हजार किलोमिटरको यात्रा गरेपछि बाघ अब एक स्थानमा बसिसकेको छ | 

वन्यजीव अधिकारीले उक्त बाघलाई ‘वाकर’नाम दिएका छन् | साढे तीन वर्षको यो भाले बाघले गत वर्ष जूनमा महाराष्ट्रको एक पशु विहारमा अवस्थित आफ्नो घर छोडेको थियो | वन्यजीव अधिकारीका अनुसार यो बाघ  सम्भवतः शिकार, आफ्ना लागि भिन्न इलाका वा एक साथीको खोजीमा थियो |

२०५ वर्ग मिटरमा फैलिएको ज्ञानगंगा आरक्षमा चितुवा, निलगाई, जंगली सुँगुर, मयुर र हिरणको बासस्थान रहेको ठाउँमा बाघ बसेको छ | अब उक्त बाघलाई सीमाको चिन्ता नभएको र शिकार पनि पर्याप्त भएको महाराष्ट्रका वरिष्ठ वन अधिकारी नितिन काकोडकरले बीबीसीसंग भनेका छन् |

बाघ की यात्रा को दिखलाता नक्शा

वाकरलाई सम्भोग साथी दिनका लागि एक पोथी बाघलाई पनि उक्त स्थान ल्याउने विचार गरिरहेको वन्यजीव अधिकारीको भनाइ छ | बाघ एक्लै बस्न नसक्ने जीव भएकाले उसलाई साथीको आवश्यकता पर्छ | 

वाकरलाई गत वर्ष फेब्रुअरीमा एक रेडियो कलर लगाइएको थियो | उसले आफ्नो लागि सही स्थान खोज्नका लागि मनसुनको वर्षा सुरु हुञ्जेल जंगलमा घुम्न जारी राख्यो |

वन्यजीव अधिकारीले भने, ‘वाकरले ३००० किलोमिटरको यात्रामा सीधा गरेको होइन | हरेक घण्टा जीपीएसको सहारामा उसको स्थान दर्ता गरिन्थयो । यतिबेला वाकरको ५ हजारभन्दा बढी स्थान दर्ता गरियो ।’

वाकरलाई अधिकांश हिस्सामा नदी, नाला र राजमार्गका साथै खेतमा, कहिले अघि, कहिले पछि यात्रा गर्दै गरेको ट्र्याक गरियो ।

बाघ

महाराष्ट्रमा जाडोयाममा कपास फलाउने मौसम हुन्छ । कपासको अग्लो बोटबीच बाघ सजिलै लुकीलुकी अघि बढिरह्यो । ऊ धेरैजसो यात्रा राती गर्दथ्यो, खानाका लागि जंगली सुँगुर र गाई मार्दथ्यो । आफ्नो यो लामो र जोखिमयुक्त यात्राका क्रममा वाकर एक पटक मात्रै मनुष्यसँग संघर्षमा आएको थियो । एक व्यक्ति उसको पञ्जाको निशानको सहारामा एक घना झाडीमा बसेको वाकर भएसम्म पुगेको थियो । यी व्यक्तिलाई साधारण चोट लागेको थियो |

बाघ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली