२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा केहिदिन भित्रै कोरोना खोप उपलब्ध हुने

२०७७, ८ मंसिर सोमबार ०६:२२

मंसिर ८, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरसको खोप अब अमेरिकामा केहिदिनमै उपलब्ध हुनसक्ने बताइएको छ | सीएनएनसँगको कुराकानीमा डाक्टर मोनसेफ सलोईले स्विकृति पाएको २४ घण्टाभित्र यसलाई खोप केन्द्रसम्म पुर्याउने योजना गरिएको  बताएका हुन् |

जोन होपकिन्स युनिभर्सिटीका अनुसार,अमेरिकामा एक करोड २० लाख कोरोना संक्रमित छन् र २ लाख ५५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ | अहिले विश्वको सबैभन्दा बढी कोरोना प्रभावित देशमध्ये अमेरिका पहिलो नम्बरमा छ | औषधी कम्पनी फाइजर र यसको सहयोगी बायोएनटेकले शुक्रबार कोभिड–१९ को आफ्नो भ्याक्सिनको अमेरिकामा आपतकालीन स्विकृतिका लागि एक निवेदन दिएका थिए |

सन् २०२० मा उसले ५ करोड डोज र सन् २०२१ मा १.३ अर्ब डोज उत्पादन गर्ने फाइजरको विश्वास छ | 

भ्याक्सिन अधिकृत गर्नका लागि खाद्य एवं औषधि प्रशासन (एफडीए) को भ्याक्सिन सल्लाहकार समितिले १० डिसेम्बरमा बैठकको आयोजना गर्ने भएको छ | भ्याक्सिन सबैभन्दा पहिले कसलाई दिइने भनेर निश्चित गर्नेछ । फ्रन्ट लाइन वर्कर्स र ज्येष्ठ नागरिकलाई भ्याक्सिन सबैभन्दा पहिले दिइने अनुमान गरिएको छ |

डाक्टर सलाईले अर्को वर्षको मे महिनासम्म ७० प्रतिशत मानिसहरुलाई यो भ्याक्सिन प्रदान गरिने जसमार्फत हर्ड इम्युनिटी हासिल गर्न सकिने बताएका छन् | अमेरिकी अधिकारीले यसअघि रिजेनेरोनमा विकसित गरिएको एन्टीबडीलाई आपतकालीन स्विकृति दिएका थिए जुन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पनि दिइएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै