साउन, नवलपरासी । नवलपरासी रकुवा–२ अलिटारका ३१ वर्षीय शेरबहादुर बिकको मलेशियामा मृत्यु भएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेशिया पुगेका बिक शनिबार राती ३ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।
६ बर्ष अघि मलेसिया पुगेका बिक दिउँसोको आफ्नो ड्युटि सकेर खाना खाएर सुतेका थिए । उनी सदिक्षा ओभरसिज काठमाण्डौ मार्फत मलेशियाको युनिक फर्निचर दाङतिङ्गमा कामदारका रुपमा कार्यरत थिए । बिकका श्रीमती र २ छोराछोरी छन् ।