९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सर्लाहीका उखु किसानलाई मिलले ‘ढाँट्यो’

१० मंसिर २०७७, बुधबार ०८:५४

मंसिर १०, सर्लाही | सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाण्डौ पुगेका थिए । 

त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । काठमाण्डौमा राष्ट्रपति, उद्योगमन्त्री र उद्योगका जिम्मेवारी अधिकारीलाई भेटेर एक हप्ताअघि घर फर्किएका धनकौलका किसान रामकल्याण यादवले उद्योगले धोका दिएको बताए । उनका अनुसार यसपटक पनि चिनी मिलले धोका दिएर किसानलाई निराश पार्‍याे । सर्लाहीका अधिकांश किसानको आम्दानीको विशेष स्रोत, नगदेबाली उखु रहेको र त्यही उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको गुनासाे छ ।

'छठ अगाडि पैसा पाइएला भन्ने आशामा बसेका थियौँ । दिन्छु पनि भनेको थियो तर यसपटक पनि धोका भयो । हामीलाई चिनी मिलले ढाँट्यो', उनले बताए । गएकाे वर्ष सञ्चालनमै आउन नसकेको उद्योगले तीन/चार वर्ष अघिदेखि नै किसानसँग किनेको उखुको रकम भुक्तानी गर्न बाँकी छ । भाका राखेर उद्योगले किसानलाई बारम्बार ढाँट्ने काम मात्रै गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताए |

समयमै भुक्तानी नगरेर सर्लाहीका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानलाई वर्षाैँसम्म रुवाइरहेकाे अध्यक्ष मैनालीको भनाइ छ । उद्योगले थोरै रकम देखाए पनि अन्नपूर्णले झण्डै ३० करोड रुपैयाँ र महालक्ष्मीले झण्डै ६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको किसानले बताउँदै आएका छन् । राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाई समेत पटक–पटक गुहार्दा पनि चिनी उद्योगबाट उखु बेचेको रकम भुक्तानी नहुँदा जिल्लाका उखु उत्पादक किसान निराश भएका छन् ।

किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योग यसपटक फेरि सञ्चालन गर्न उखु क्रसिङ गर्ने गरी प्रविधि मर्मतको काम भइरहेको छ । तीन/चार वर्ष पहिलादेखिको किसानका भुक्तानी बाँकी राखेका उद्योग फेरि सञ्चालनको तयारी गर्नु आफ्ना लागि थप पीडादायी हुने किसानको भनाइ छ |

 किसानले पटक–पटक आन्दोलन गर्दा पनि यी दुई उद्योगले किसानको भुक्तानी गर्न आनाकानी गरिरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै