रामबहादुर थापा/साउन १७, बागलुङ । महिना दिनयता लक्ष्मी रोकायका आँखा ओभाना छैनन् । मनमा बेचैनी छ । रोकायको खुसी असमयमै लुटिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रामबहादुर थापा/साउन १७, बागलुङ । महिना दिनयता लक्ष्मी रोकायका आँखा ओभाना छैनन् । मनमा बेचैनी छ । रोकायको खुसी असमयमै लुटिएको "/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

एड्सले खुसी लुटेपछि लक्ष्मीको परिवारको बिचल्ली

१७ श्रावण २०७३, सोमबार १०:२८

रामबहादुर थापा/साउन १७, बागलुङ । महिना दिनयता लक्ष्मी रोकायका आँखा ओभाना छैनन् । मनमा बेचैनी छ । रोकायको खुसी असमयमै लुटिएको छ । जिउने आशा कमजोर बनेको छ । 

चालिस वर्षीय श्रीमान् करण रोकाय परिवारको आड–भरोसा थिए । करणकै दैनिक ज्याला–मजदुरीले परिवार धानिँदै आएको थियो । करण श्रीमती लक्ष्मी, ८ वर्षीया छोरी सरस्वती, ६ वर्षीय सम्झना र नवजात छोरा डिलबहादुरको सहारा थिए । 

एचआइभी एड्सका कारण गत असार २२ गते करणको निधन भएपछि परिवार बिचल्लीमा परेको छ । सङ्घर्षको आँधीबेहरी सहेर बाँचिरहेको परिवारमा आज समयले बज्रपात निम्ताएको छ । परिवार सहाराविहीन भएको छ । कैलाली, गैँडाखाँडा–७ का करण १५ वर्षअघि कामको खोजीमा बागलुङ आएका थिए । पछि बागलुङकै मालिका– ७ की लक्ष्मी रोकायसँग विवाह गरी बागलुङ सदरमुकाममै डेरा गरी बस्दै आएका थिए । 

एड्सको पहिचान भएको दुई महिनामै करणको मृत्यु भएको हो । लक्ष्मी रोकायका अनुसार उनि बेला/बेला बिरामी पर्ने गरेपनि एड्सको परीक्षण गरिएको थिएन । नराम्रोसँग थला पर्न थालेपछि पोखरामा उपचारका क्रममा करणलाई एड्स भएको पत्ता लागेको थियो । ‘अन्तिम समयमा उनलाई निकै गाह्रो भएको थियो, शरीरमा टिभी पनि देखिएको थियो,’ लक्ष्मीले भनिन– ‘पहिले नै एचआइभी सङ्क्रमण भएको थाहा पाएको भए उपचार हुने थियो होला ।’ 

करणको शव अन्त्येष्टि गर्ने समेत कोही नभएपछि बागलुङ नगरपालिकासँग सहयोग लिएर कालिगण्डकी तिरमा गाडिएको थियो । लक्ष्मीसँग अहिले दुई छोरीसहित दुई महिने छोरा छन् । एड्सकै कारण श्रीमान्को मृत्यु भएपछि यसअघि बस्दै आएको घरबेटीले लक्ष्मीको परिवारलाई घरबाट निकालेका थिए । अहिले उनको परिवार बागलुङ नगरपालिका–३ बसपार्कस्थित प्रेमबहादुर खड्काको घरमा डेरा गरी बस्दै आएको छ । 

लक्ष्मीलाई अहिले स–साना छोरीछोरीको लालनपालन कसरी गर्ने भन्ने समस्याले पिरोलेको छ । दुबै छोरी कालिका कन्या उमाविको कक्षा २ मा पढ्छन् । उनीहरुलाई लुगा, कापीकलम र खाजा खर्च जुटाउन लक्ष्मीसँग कुनै उपाय छैन । ‘काम–धन्दामा जान पनि काखमा दुई महिनो छोरा छ, मैले छोराछोरीलाई कसरी पाल्ने, कसरी पढाउने ?,’लक्ष्मीले भनिन– ‘मलाई जस्तो कसैलाई नपरोस् ।’ 

लक्ष्मीको बिग्रँदो अवस्था देखेपछि बागलुङ नगरपालिका –३ चिप्लेटी नागरिक सचेतना केन्द्रका महिलाले रु २० हजार सङ्कलन गरेर लक्ष्मीको दैनिक गुजारा चलाउन सहायता गरेका छन् । 

बागलुङ नपा–३ कि समुन बास्कोटा र बागलुङ नपा–२ की पुष्पा श्रेष्ठले लक्ष्मीको सहयोगका लागि विशेष पहल गरेकी थिइन् । ‘लक्ष्मीको श्रीमान्लाई एड्स लागेको भन्ने थाहा भएपछि घरबेटीले निकाले, पछि कोठा पाउन पनि समस्या भयो,’ सुमन बास्कोटाले भने– ‘पछि बल्लबल्ल एउटा कोठा खोजेर राखेका छौ ।’ 

दुई महिने सुत्केरी अवस्थाकी लक्ष्मीको अवस्था कठिन अवस्थामा पुगेको उहाँको भनाइ छ । कैलालीमा रहेको परिवारले कुनै वास्ता नगरेको लक्ष्मीले बताइन । करण सानैमा भारतको बम्बईमा जागिरको लागि गएको र त्यतैबाट बागलुङ आएको उनको भनाइ छ । वर्षौंसम्म घरपरिवारसँग करणको सम्पर्क थिएन । लक्ष्मी पनि विवाहित घर कैलाली एकपटक पनि गएकी छैनन् । 

‘कैलालीमा रहेको घरपरिवारमा कुनै सम्पर्क पनि छैन, प्रहरीबाट सम्पर्क पत्ता लागेपनि कोही आएनन,’ लक्ष्मीले भनिन – ‘माइतीबाट भेट्न आउनुहुन्छ । सहयोग पनि गर्नुभएको छ ।’ श्रीमान्को एड्सकै कारण मृत्यु भए पनि लक्ष्मीको पहिलो जाँचमा एचआइभी सङ्क्रमण देखिएको छैन । दुई छोरीमध्ये एक जनामा भने सङ्क्रमण देखिएको छ । दुई महिने छोरामा भने अहिले नै जाँच/पत्ता लगाउन नसक्ने चिकित्सकले बताएका छन् । 

बागलुङमा रहेको आइएनएफ पालुवा केन्द्रमा लक्ष्मी र छोरीहरुको एचआइभी परीक्षण गरिएको थियो । सङ्क्रमित छोरीलाई उपचार सुरु गर्नेबारे परामर्श भइरहेको लक्ष्मीकी सहयोगी महिला स्वास्थ्य स्वमय्सेविका पुष्पा श्रेष्ठले बताइन । 

करणले बम्बईबाट फर्कंदैमा एचआइभीको सङ्क्रमण बोकेर आएको हुनसक्ने अनुमान गरिएको श्रेष्ठले बताए । बिचल्लीमा परेकी लक्ष्मी र बच्चाको संरक्षणमा कसैले चासो नदेखाएपछि आफूहरुले सक्दो प्रयास गरेको उनको भनाइ छ । 

श्रेष्ठले भने– ‘काखमा शिशु भएकाले सुत्केरी अवस्थाकी लक्ष्मीलाई विशेष स्याहारसुसार र पौष्टिक आहारको आवश्यकता खट्किएको छ ।’ सरकारी, गैरसरकारी निकायबाट सहाराविहीन परिवारका लागि कुनै सहयोग हुनसकेको छैन । लक्ष्मीको दैनिकी झन्झन् दुःखको दलदलमा फस्दै गएको छ । ‘छोरा हुर्किएपछि काममा जाने थिएँ, अहिले त्यो पनि छैन, कसरी जीवन धान्ने हो ?’ लक्ष्मीले भक्कानिँदै भनिन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट