2026-07-25 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रममन्त्री यादवले एक वर्षमा पनि सामाजिक सुरक्षा योजनाबारे बुझ्न सकेनन् : अध्यक्ष, श्रेष्ठ

मनोज पराजुली । मङ्सिर १०, काठमाडौं । वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले एक वर्षमा पनि सामाजिक सुरक्षा योजनाबारे बुझ्न नसकेको सरोकारवालाहरूले बताएका छन् । अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ -नेपाल आवद्द परिषद् ले तेश्रो सामाजिक सुरक्षा दिवसको पुर्व सन्ध्यामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष बिनोद श्रेष्ठले श्रममन्त्रीका कारण नै सामाजिक सुरक्षा योजना कार्यान्वयन प्रभावकारी बन्न नसकेको बताएका हुन् ।

श्रम मन्त्रीले मजदुर वर्गको लागि भनिएको  कार्यक्रम नै कार्यन्वयनमा चासो दिएननन् अध्यक्ष श्रेष्ठले भने ‘शंका के हो भन्दा मन्त्रीले नै सामाजिक सुरक्षा नबुझेका हुन् कि भन्ने हो, ड्राइभर सिटमा राखिदिंदा चालक कै प्रमाणपत्र हुँदा हुँदा नै कति नम्बर गेएर हो भन्ने थाहा नहुँदा अलमल भएर जहाँ को त्यहि बस्ने जस्तै देखियो, मजदुर वर्ग प्रति पार्टीको जुन खालको नेता हुँदा हुँदै पनि व्यवहारमा कार्यान्वयन नगर्ने हुन् कि भन्ने शंका भयो, श्रम मन्त्रालय मजदुरहरुको मन्त्रालय भन्ने तर कता कता व्यवहारको कारणले श्रम मन्त्रालय श्रमिकहरुको होइन, रोजगादाताको भन्ने भैइरहेको छ, मन्त्री ज्यूले यो शंका निवारण गरिदिनुस् हाम्रो भनाई यहि हो ।’

पुर्व श्रममन्त्रीले सामाजिक सुरक्षा कार्यान्वयन गर्न पटक पटक छलफल गरेको स्मरण गर्दै उनले भने ‘अहिलेका हाम्रा श्रम मन्त्रीलाई मैले मुस्किलले २ पटक भन्दा भेट्न सकेको छैन, समय माग्दा समय छैन भन्नुहुन्छ,  सिधा कुरा यही हो, त्यस कारणले सामाजिक सुरक्षा कोषको भर्चुवल कार्यक्रम हुँदै छ, त्यसमा हामी सबै संगै हुन्छौं। सामाजिक सुरक्षा योजनामा यसमा केहि सुधारका कार्यक्रम गरौँ मन्त्री ज्यू भन्दा लरबराइ रहनुभएको छ, भएका निर्णय पनि कार्यान्वयन गर्ने पक्षमा उहाँ हुनुहुन्न, सुधारका लागि निर्णय गर्न मन्त्रिपरिषद्को वैठकमा बोकेर लैजाने पक्षमा उहांहरु हुनुहुन्न यस कारणले मन्त्री र सरकारलाई पनि दवाव होस् भनेर नै आजको कार्यक्रम गरिएको हो ।’

सरकारले भोलि तेश्रो सामाजिक सुरक्षा दिवस मनाउंदै छ । दिवसको पुर्व सन्ध्यामा नेपाल ट्रेड युनियन महासंघ-जिफन्ट, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघले संयुक्त विज्ञप्ति जारि गर्दै सामाजिक सुरक्षा योजनाले श्रमजिविहरूलाई प्रोत्साहित गर्न नसकेको भन्दै यस योजनामा रहेका कमी कमजोरीहरु हटाई आफ्ना नौ बुंदे माग सम्बोधन गर्न नेपाल सरकार, रोजगारदाता एवं कोष लगायल सरोकारवाला निकायको सामाजिक सुरक्षा दिवसको अवसरमा ध्यानाकर्षण गरेका छन् । 

सामाजिक सुरक्षाको दायरा विस्तार गरी यसै वर्ष अनौपचारिक तथा स्वरोजगार क्षेत्रलाई समेट्ने गरी सुरक्षा योजना कार्यविधि परिमार्जन गर्नुपर्ने, रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा ऐन अनुसार सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगार विमा योजना तत्काल शुरु गर्नुपर्ने माग गरेको छ । योगदानकोको आश्रित परिवारलाई समेत समेटने गरि स्वास्थ्य उपचार सुविधामा परिमार्जन गर्नुपर्ने, अवकाश पछी बृद्ध अवस्थाको लागि स्वाथ्य सुरक्षा योजना अझ आवश्यक हुने हुँदा अवकाश पछिको लागि पनि समेट्ने गरि सुरक्षा योजना विस्तार गर्नुपर्ने माग गरेका छन् । 

त्यस्तैगरी २०७४ भाद्र १९ पूर्वको संचयकोष र उपदान कोषलाई श्रम ऐन, २०७४ अनुरुप समयावधि बढाएर एवं थप विस्तारको सुविधा प्रदान गरेर कोषमा रकम जम्मा गरि व्यवस्था गर्नुपर्ने 

कोषमा उपदान वा अवकाश कोषकै रुपमा स्वेक्षिक रुपले तोकिएभन्दा बढी रकम जम्मा गर्ने व्यावात्षा मिलाउनुपर्ने माग समेत गरेका छन् । भाद्र १९ पश्चात सामाजिक सुरक्षा कोषमा सूचिकृत भई योगदान शुरु नहुंदा सम्मको अवधीको श्रम ऐन २०७४ तथा नियमावली २०७५ अनुसारको रोजगारदाता आफैले व्यवस्थापनमा रहेको वा स्वीकृत अवकाश कोषमा भएको रकमको व्यवस्थापन समेत कोषले गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने माग गरेका छन् । 

असफल श्रममन्त्री ….

श्रममन्त्री यादवले गत वर्ष पुस २२ गते मन्त्रालय सम्हालेको ४८ दिनपछि तीन महिनाको कार्ययोजना सार्वजनिक गर्दै थप १५ हजार रोजगारदाता र एक लाख योगदानकर्तालाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराइने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले कार्ययोजना गरेका दिन कोषमा एक लाख ३५ हजार ७९३ श्रमिक र ११ हजार ९८० रोजगारदाता सामेल भएका थिए । कोषमा मङ्सिर १० (आज) सम्म कुल १२ हजार ९ सय १५ रोजगारदाता आवद्ध भएका छन् भने १ लाख ७९ हजार ७९१ जना श्रमिकले योगदान गरेका छन् । यो तथ्यांकलाई हेर्ने हो भने १० महिनाको अवधिमा ४३ हजार ९९८ श्रमिक र जम्मा ९३५ रोजगारदाता मात्रै थपिएका छन् जवकी श्रममन्त्री यादवले थप १५ हजार रोजगारदाता आवद्ध गर्ने घोषणा गरेका थिए । 

ओली सरकारका असफल श्रममन्त्री : ‘३ महिने आफ्नै कार्ययोजना १ वर्षमा नि पुरा गर्न सकेनन्’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक