१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बालुवासङ्ग्रही–खलङ्गा जोड्ने सडक शिलान्यास

१४ मंसिर २०७७, आईतवार ०६:५६

मङ्सिर १४, कर्णाली । कणाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासङ«ग्रही–सल्यान खलङ्गा जोड सडकको शिलान्यास गर्नुभएको छ । योजनामन्त्री ज्वालाले शनिबार रु २७ करोड ३५ लाख लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासङ्ग्रही–कुपिण्डेताल–जयतपानी–खलङ्गा जोड्ने सडक शिलान्यास गर्नुभएको हो । 

सो अवसरमा मन्त्री ज्वालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि सल्यान खलङ्गा जोड्ने यो सडक सल्यानी जनताको जीवनरेखा भएको बताउनुभयो । “पञ्चायकालीन सरकारले शिलान्यास गर ेपनि यो सडक हालसम्म जहाँको त्यहीँ रह्यो,” उहाँले भन्नुभयो, “यद्यपि अहिले ट्र्याक खोलेर स्तरवृद्धिका साथै कालोपत्रे गर्दैछौँ । तसर्थ यो लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको उपहार हो ।” यसले यहाँका नागरिकको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुको साथै जीवनस्तर माथि उकास्न ठूलो सहयोग पुग्ने उहाँले जिकिर गर्नुभयो ।

कर्णाली प्रदेश सरकारले यो तीन वर्षमा रु ४० करोड बजेट लगानी गरेको यो सडक सङ्घीय सरकारको राष्ट्रिय राजमार्गमा पर्छ भन्दै मन्त्री ज्वालाले प्रदेश सरकारले मोटो रकम छुट्याउँदा सङ्घीय सरकारले रु चार करोड मात्र छुट्याएको टिप्पणी गर्नुभयो । प्रदेश सरकारले बालुवासङ्ग्रही–कुपिण्डेताल–जयतपानी–खलङ्गा र सल्ली बजार हुँदै रुकुमपश्चिम चौरजहारी जोड्ने सडक निर्माण कार्यलाई प्राथमिकता राखेको उहाँको भनाइ थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले कर्णाली प्रदेशमा जोडिनुको लाभ सल्यान जिल्लाले राम्रोसँग लिएको प्रतिक्रिया दिनुभयो । “कर्णाली प्रदेश सरकारले सल्यानको विकासमा प्राथमिकता दिएको छ”, सल्लाहकार शर्माले भन्नुभयो, “अब सल्यानले गाडी गुडाउने मात्र नभई उत्पादन बढाएर सरकारलाई सहयोग पुर्याउनुपर्दछ ।”

वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले प्रदेश सरकारले दिएको प्राथमिकताका आधारमा लागू भएका योजनाको कार्यान्वयनमा सम्बन्धित पक्षले विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले विकासलाई संस्थागत गर्न सबै क्षेत्र र पक्षको उत्तिकै भूमिका रहेको औँल्याउनुभयो ।

पूर्वाधार विकास कार्यालय सल्यानका कार्यालय प्रमुख विनोद पुनले रु २७ करोड बजेट छुट्याइए पनि बोलपत्र आह्वान गर्दा रु १८ करोड १८ लाख ३६ हजार ९९८ मा सडक निर्माण गर्ने सम्झौता गाल्वा धुलिखेल जेभीले गरेको बताउनुभयो । उहाँका अनुसार ११ किलोमिटर सडक स्तरवृद्धिका साथै कालोपत्रे गर्ने जिम्मा लिएर कात्तिकमा सम्झौता गरेको कम्पनीले २४ महिनामा निर्माण कार्य सम्पन्न गर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु