2026-10-15 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बालुवासङ्ग्रही–खलङ्गा जोड्ने सडक शिलान्यास

मङ्सिर १४, कर्णाली । कणाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासङ«ग्रही–सल्यान खलङ्गा जोड सडकको शिलान्यास गर्नुभएको छ । योजनामन्त्री ज्वालाले शनिबार रु २७ करोड ३५ लाख लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासङ्ग्रही–कुपिण्डेताल–जयतपानी–खलङ्गा जोड्ने सडक शिलान्यास गर्नुभएको हो । 

सो अवसरमा मन्त्री ज्वालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि सल्यान खलङ्गा जोड्ने यो सडक सल्यानी जनताको जीवनरेखा भएको बताउनुभयो । “पञ्चायकालीन सरकारले शिलान्यास गर ेपनि यो सडक हालसम्म जहाँको त्यहीँ रह्यो,” उहाँले भन्नुभयो, “यद्यपि अहिले ट्र्याक खोलेर स्तरवृद्धिका साथै कालोपत्रे गर्दैछौँ । तसर्थ यो लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको उपहार हो ।” यसले यहाँका नागरिकको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुको साथै जीवनस्तर माथि उकास्न ठूलो सहयोग पुग्ने उहाँले जिकिर गर्नुभयो ।

कर्णाली प्रदेश सरकारले यो तीन वर्षमा रु ४० करोड बजेट लगानी गरेको यो सडक सङ्घीय सरकारको राष्ट्रिय राजमार्गमा पर्छ भन्दै मन्त्री ज्वालाले प्रदेश सरकारले मोटो रकम छुट्याउँदा सङ्घीय सरकारले रु चार करोड मात्र छुट्याएको टिप्पणी गर्नुभयो । प्रदेश सरकारले बालुवासङ्ग्रही–कुपिण्डेताल–जयतपानी–खलङ्गा र सल्ली बजार हुँदै रुकुमपश्चिम चौरजहारी जोड्ने सडक निर्माण कार्यलाई प्राथमिकता राखेको उहाँको भनाइ थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले कर्णाली प्रदेशमा जोडिनुको लाभ सल्यान जिल्लाले राम्रोसँग लिएको प्रतिक्रिया दिनुभयो । “कर्णाली प्रदेश सरकारले सल्यानको विकासमा प्राथमिकता दिएको छ”, सल्लाहकार शर्माले भन्नुभयो, “अब सल्यानले गाडी गुडाउने मात्र नभई उत्पादन बढाएर सरकारलाई सहयोग पुर्याउनुपर्दछ ।”

वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले प्रदेश सरकारले दिएको प्राथमिकताका आधारमा लागू भएका योजनाको कार्यान्वयनमा सम्बन्धित पक्षले विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले विकासलाई संस्थागत गर्न सबै क्षेत्र र पक्षको उत्तिकै भूमिका रहेको औँल्याउनुभयो ।

पूर्वाधार विकास कार्यालय सल्यानका कार्यालय प्रमुख विनोद पुनले रु २७ करोड बजेट छुट्याइए पनि बोलपत्र आह्वान गर्दा रु १८ करोड १८ लाख ३६ हजार ९९८ मा सडक निर्माण गर्ने सम्झौता गाल्वा धुलिखेल जेभीले गरेको बताउनुभयो । उहाँका अनुसार ११ किलोमिटर सडक स्तरवृद्धिका साथै कालोपत्रे गर्ने जिम्मा लिएर कात्तिकमा सम्झौता गरेको कम्पनीले २४ महिनामा निर्माण कार्य सम्पन्न गर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने