१९ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुटनीतिक मर्यादा भुलेका गृहमन्त्री !

१४ मंसिर २०७७, आईतवार १२:५४


No description available.
मंसिर १४, काठमाडौँ |  टिप्पणी | आइतबार नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेइ फेङहेको स्वागतमा खटिएका गृहमन्त्री रामबहादुर थापाले कुटनीतिक मर्यादा विपरित कार्यगरेको भन्दै आलोचना भइरहेको छ | एकदिने भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्री फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गृहमन्त्री थापा पुगेका थिए |

अति विशिष्ट कक्षमा थापाले स्वागत गर्ने क्रममा कुटनीतिक मर्यादाको ख्याल समेत नगरेको पाइएको छ | चिनियाँ रक्षामन्त्री फेङहे शालिन अवस्थामा सोफामा बसेका छन् | तर, नजिकै रहेका गृहमन्त्री थापा सोफामा पसारिएर दुइटै खुट्टा लामो बनाएर खपाएर बसेको तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ |

थापाले पाहुनालाई कसरी स्वागत गर्नुपर्छ भन्ने सामान्य आचरण पनि नदेखाएको भन्दै आलोचना भइरहेको छ | मुलुकको स्वाभिमान र प्रतिष्ठाको बिषय समेत जोडिने भएकाले विशिष्ट पाहुनाको स्वागतमा सामान्य कुटनीतिक मर्यादाको समेत ख्याल नगर्दा देशकै बेज्जत हुने निश्चित छ |

सार्वजनिक पदधारण गरेको व्यक्तिसंग राज्यको प्रतिष्ठा र स्वाभिमान जोडिएकोले राज्यले निर्धारण गरेको कुटनीतिक मर्यादा र आचारसंहिताको पालना गर्नु पर्छ नै | भौगोलिक क्षेत्रफल तथा जनसंख्याको आधारमा जतिसुकै ठुलो मुलुक भएपनि देशको सार्वभौमसत्ता भने समान नै हुन्छ | 

प्रत्येक स्वतन्त्र र स्वाभिमान राष्ट्रले आफ्नो सार्वभौमसत्ता,मुलुकको इज्जत जोगाइराख्न र राष्ट्रियतालाई उच्च बनाउन अर्थात पाहुनाको स्वागतमा कुनै कसर बाँकी नराख्न सक्दो प्रयास गर्छन् | तर हाम्रो देशमा भने,सार्वजनिक व्यक्तित्वबाट नै कुटनीतिक मर्यादाको उल्लंघन गरेको पाइन्छ | 

जसकारण मुलुकले कुटनीतिक मामिलामा ठुलो मूल्य चुकाउनु पर्ने अवस्था आउँछ | त्यसकारण देशको स्वाभिमान र प्रतिष्ठा नै जोडिएको बिषयमा सामान्य खेलवाड गर्ने अधिकार नेतृत्वमा छैन | यस बिषयमा सम्बन्धित व्यक्तित्वहरुले गंम्भिर ध्यान दिनु जरुरी छ | राष्ट्रको स्वाभिमान र सम्मानलाई भूल्नु हुँदैन | यद्दपी यस्ता गल्तिहरु नेपालका राजनीतिज्ञ तथा उच्च पदस्तबाट बेलाबेलामा हुने गरेका छन् | सुनिल कुँवर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि १८ घण्टा विमानस्थल चल्ने, अब रातको १२ बजेसम्म मात्र उडान हुने  बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली आज बैंकक जाँदै लामिछाने पुनः सभापतिको जिम्मेवारीमा पत्रकार सुरेश रजकको परिवारले भेटे प्रधानमन्त्री म हिन्दूराष्ट्रको पक्षमा छुः शशांक कोइराला त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो कुलमानलाई हटाएर जलविद्युत्‌ आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्दैछन्: झलनाथ खनाल घट्यो सिमेन्टको मूल्य महोत्तरीमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा ८० लाख बढीको क्षति , करिब ६५ लाखको सामान लुटियो हुम्लामा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु बालेनलाई धन्यवाद दिँदै माधवले भने- पूर्वराजालाई जरिवाना गरेर हिम्मत देखाए राप्रपा सांसद राणालाई पक्राउ गरिएको संसद्‌मा जानकारी संसद्‌मा माफी माग्दै सञ्चारमन्त्री गुरुङले भने: मेरो जिब्रो सोझो छ, म एग्रेसिप लोजिकमा विश्वास गर्छु  रविन्द्र, धवल र दुर्गालाई सरकारले विदेश भ्रमणमा प्रतिबन्ध गर्नुको कारण काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब भारत पुगे राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं, प्रहरी परिचालन गणतन्त्रवादीलाई राजेन्द्र लिङ्देनको प्रश्न : तपाईंहरू तोडफोड नगरी,मान्छे नमारी आएको हो ? कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित) पहिलोपटक नेकपा एसको कार्यालय पुगे प्रधानमन्त्री ओली