मंसिर १९, काठमाडौं | मलेसियामा बसेर गुन्डागर्दी शरीर बन्धक सम्बन्धी अभियोगमा पक्राउ परेका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ | उनी अदालतको आदेशसंगै डिल्लीबजार कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्युरो जनाएको छ |
उनी बिरुद्ध मलेसियामा बसेर गुन्डागर्दी गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोमा किटानी जाहेरी परेको थियो | उनले दाङको पहरुवाका रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धकको उजुरी ब्युरोमा परेपछि पक्राउ परेका थिए |
उनलाइ नेपाल आएको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो | मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट समेत सञ्चालन गर्दै आएका डेबिडले रैदासकी श्रीमतीलाई फोन गरेर आफ्नो खातामा ६० हजार रिंगेट जम्मा गराउन भनेका थिए |
उनले रकम जम्मा नगरे मारिदिने धम्कीसमेत दिएका थिए |