साउन १८, काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

‘भाग्यले बाँचेकाहरु’ युरोपका ९ वटा देशका चलचित्र महोत्सवमा

१८ श्रावण २०७३, मंगलवार ०९:२३

साउन १८, काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ युरोपको ९ वटा देशका चलचित्र महोत्सवमा छनौट भएको छ ।

युरोपियन मुलुक स्वीजरल्याण्ड, इटाली, जर्मनी, स्लोभाकिया, पोल्याण्ड, बुल्गेरिया, फिनल्याण्ड, स्लोभानिया र नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’ प्रतिस्पर्धाका लागि छनौट भएको हो । स्वीजरल्याण्डको ड्याब्लोरेमा हुन लागेको अति नै प्रतिष्ठित ४७ औँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबल, ड्याब्लोरेमा नेपालबाट ‘भाग्यले बाँचेकाहरु’ मात्र छनौट भएको छ । यो फेस्टिबल अगष्ट ८ देखि १३ सम्म हुनेछ । 

यसैगरी, जुलाइ ३० तारिखदेखि सुरु भएको इटालीको सिर्भानो सिनेमाउन्टेन फिल्म फेस्टिबलमा अगष्ट ४ तारिखमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुँदैछ । अगष्ट ४ तारिखको शो लाई सिने माउन्टेन फिल्म फेस्टिबलले नेपाल विशेषका रुपमा मनाउँदैछ । यसैगरी, फिनल्याण्डमा हुन लागेको ‘भासा वाइल्डलाइफ फिल्म फेस्टिबल’मा ‘म्यान एण्ड नेचर क्याटेगरी’मा भाग्यले बाँचेकाहरु अवार्डका लागि मनोनयनमा परेको छ। 

स्वीजरल्याण्ड र इटालीमा आगामी साता हुन लागेको फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डे सहभागी हुँदैछन् । निर्देशक पाण्डेका अनुसार, स्लोभानिया र नेदरल्याण्ड्सको फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन भइसकेको छ भने अगष्ट महिनामात्र युरोपका तीन वटा देशमा प्रदर्शन हुँदैछ । बाँकी सात वटा महोत्सवमा आगामी दुई महिनाभित्र प्रतिस्पर्धाका लागि प्रदर्शन हुँदैछ । ‘छनौट भएकामध्ये अधिकांश माउन्टेन फिल्म फेस्टिबल हो, यसले नेपालको अन्तर्राष्ट्रिय जगतमा प्रबर्धन गर्न मद्दत मिल्ने मैले विश्वास लिएको छु ।’– निर्देशक पाण्डेले भने । 

सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको ‘भाग्यले बाँचेकाहरु’ले युरोपका चलचित्र महोत्सवमा पनि अवार्ड जित्ने निर्देशक पाण्डेको विश्वास छ । बितेको छ महिनामा भाग्यले बाँचेकाहरु ३२ वटा भन्दा बढी चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट भइसकेको छ । यसअघि काठमाडौँमा सम्पन्न काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा ‘भाग्यले बाँचेकाहरु’ले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको थियो । 

नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको प्रतिनिधिमुलक घटनालाई समेटेर तयार पारिएको ‘भाग्यले बाँचेकाहरु’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अंग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोशाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका छन् ।  यसैगरी, लेखन तथा भ्वाइसओभर पनि जोशाय हुपरकै रहेको छ । नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका थिए । 

शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाँकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना नेपालीको कथालाई पर्दामा उतारिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार