साउन १८, काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्"/>
2026-09-18 10:03 PM
काठमाडौँ - KTM

‘भाग्यले बाँचेकाहरु’ युरोपका ९ वटा देशका चलचित्र महोत्सवमा

साउन १८, काठमाडौँ । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ युरोपको ९ वटा देशका चलचित्र महोत्सवमा छनौट भएको छ ।

युरोपियन मुलुक स्वीजरल्याण्ड, इटाली, जर्मनी, स्लोभाकिया, पोल्याण्ड, बुल्गेरिया, फिनल्याण्ड, स्लोभानिया र नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’ प्रतिस्पर्धाका लागि छनौट भएको हो । स्वीजरल्याण्डको ड्याब्लोरेमा हुन लागेको अति नै प्रतिष्ठित ४७ औँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिबल, ड्याब्लोरेमा नेपालबाट ‘भाग्यले बाँचेकाहरु’ मात्र छनौट भएको छ । यो फेस्टिबल अगष्ट ८ देखि १३ सम्म हुनेछ । 

यसैगरी, जुलाइ ३० तारिखदेखि सुरु भएको इटालीको सिर्भानो सिनेमाउन्टेन फिल्म फेस्टिबलमा अगष्ट ४ तारिखमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुँदैछ । अगष्ट ४ तारिखको शो लाई सिने माउन्टेन फिल्म फेस्टिबलले नेपाल विशेषका रुपमा मनाउँदैछ । यसैगरी, फिनल्याण्डमा हुन लागेको ‘भासा वाइल्डलाइफ फिल्म फेस्टिबल’मा ‘म्यान एण्ड नेचर क्याटेगरी’मा भाग्यले बाँचेकाहरु अवार्डका लागि मनोनयनमा परेको छ। 

स्वीजरल्याण्ड र इटालीमा आगामी साता हुन लागेको फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डे सहभागी हुँदैछन् । निर्देशक पाण्डेका अनुसार, स्लोभानिया र नेदरल्याण्ड्सको फिल्म महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन भइसकेको छ भने अगष्ट महिनामात्र युरोपका तीन वटा देशमा प्रदर्शन हुँदैछ । बाँकी सात वटा महोत्सवमा आगामी दुई महिनाभित्र प्रतिस्पर्धाका लागि प्रदर्शन हुँदैछ । ‘छनौट भएकामध्ये अधिकांश माउन्टेन फिल्म फेस्टिबल हो, यसले नेपालको अन्तर्राष्ट्रिय जगतमा प्रबर्धन गर्न मद्दत मिल्ने मैले विश्वास लिएको छु ।’– निर्देशक पाण्डेले भने । 

सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको ‘भाग्यले बाँचेकाहरु’ले युरोपका चलचित्र महोत्सवमा पनि अवार्ड जित्ने निर्देशक पाण्डेको विश्वास छ । बितेको छ महिनामा भाग्यले बाँचेकाहरु ३२ वटा भन्दा बढी चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट भइसकेको छ । यसअघि काठमाडौँमा सम्पन्न काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा ‘भाग्यले बाँचेकाहरु’ले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको थियो । 

नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको प्रतिनिधिमुलक घटनालाई समेटेर तयार पारिएको ‘भाग्यले बाँचेकाहरु’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अंग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोशाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका छन् ।  यसैगरी, लेखन तथा भ्वाइसओभर पनि जोशाय हुपरकै रहेको छ । नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका थिए । 

शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाँकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना नेपालीको कथालाई पर्दामा उतारिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई