प्रेम सुनार । चर्चित मोडल  करिश्मा ढकालको  करिश्मा नै देख्न पाईने आकर्षक नृत्यमा  निर्देशक विक्रम चौहानले साथ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । चर्चित मोडल  करिश्मा ढकालको  करिश्मा नै देख्न पाईने आकर्षक नृत्यमा  निर्देशक विक्रम चौहानले साथ "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

भदौरे झरीले धेरैलाई रुझाउँदै र मन बुझाउँदै (भिडियोसहित)

१८ श्रावण २०७३, मंगलवार ०९:४८

प्रेम सुनार । चर्चित मोडल  करिश्मा ढकालको  करिश्मा नै देख्न पाईने आकर्षक नृत्यमा  निर्देशक विक्रम चौहानले साथ दिएका छन् हालै वजारमा आएको–‘ रुझायो भदौरे झरीले… ’ वोलका तीज गीतको म्युजिक भिडियोमा ।

हाल सम्मका तीज गीतहरुका म्युजिक भिडियोहरु मध्ये निकै आकर्षक  मानिएको उक्त तीज गीतमा सुमधुर स्वर दिएर सुनमा सुघन्ध थपेका छन् लोक गायक महेन्द्र भण्डारी र गायिका पवित्रा सर्तुङ्गे मगरले ।

समय सान्धर्भिक र मौलिक तीज गीतहरुलाई समेट्न भरपुर कोशिस गरका छन् शव्द संकलक गमल बिसी र शिव कुँवरले । त्यस्तै लयमा संञ्जय बिसीले निकै मेहनत गरेका छन् ।

उक्त गीतको परिकल्पना गायक महेन्द्र भण्डारीले नै गरेका हुन् । भण्डारी भन्छन् –‘यस गीतका लागि धेरै महिना देखि मैले निकै मेहनत गर्नु प¥यो ,  फलस्वरुप वजारमा आएको एक हप्तामै दर्शक श्रोताले असाध्धै रुचाई दिनु  भयो, खुशी लागेको छ । ’

उनले  थपे–‘पछिल्लो चरण दोहरी गीतहरु र तीज गीत कुन हो भनेर छुट्टाउन मुस्कील पर्न थालि रहेको बेला हाम्रा परम्परागत तीज गीतहरुको मौलिकता पच्छ्याउन हाम्रो टिमले निकै मेहनत गरेको छ  र   विशेषतः बुढीपाकी आमा दिदी वहिनीहरुले दिएको सुझाव सल्लाह प्रति आभार प्रकट गर्दछु ।’

काठमाण्डौको सुन्दर दृश्य, मोडल करिश्मा ढकाल र विक्रम चौहान साथमा राजु मगरले नृत्यमा पृथकता दिन निकै प्रयत्न गरेकोले पनि दर्शकले रुचाएको पाईन्छ ।  रेसुङ्गा टेलिभिजनबाट प्रशारण हुन थाले लगत्तै उक्त गीतले राम्रो वजार लिएको  त्यस टेलिभिजनका सांगितिक कार्यक्रम सञ्चालक सविन क्षेत्री बताउ छन् ।

शिव दर्शन डिजिटलले वजारमा ल्याएको रुझायो भदौंरे झरीले … वोलको  उक्त तीज गीतले पानी परेकै बेला पनि महिलाहरुलाई नाच्न तम्साउने भएकोले  महिलाहरुलाई रुझाउन र मन वुझाउनमा  सफल हुने शिव दर्शन डिजिटलकी कार्यकारी प्रमुख गायत्री थापा वताउँ छिन् ।  

मालाश्री रेकर्डिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको संगित संयोजन आशिष अविरलले गरेका हुन । करिव २५/२६ वटा लोक दोहोरी गीतहरुमा आवाज दिई सकेका गायक भण्डारीको तीज गीत भने यो पहिलो हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार