मंसिर २६, काठमाडौँ | विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या निकै बढेको छ | बुधबार सबैभन्दा बढी २४ घण्टा ३ हजार बढी मानिसको मृत्यु भएपछि नयाँ रेकर्ड कायम भएको हो |
बुधबार ३ हजार २ सय ५३ जनाको कोरोनाबाट मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ | त्यस्तै १ लाख ६ हजार २ सय १९ को रेकर्ड संख्यामा संक्रमितहरू अस्पताल भर्ना भएका छन् | अस्पताल भर्ना हुने संक्रमितको संख्याले त्यहाँजा अस्पतालहरूमा चाप बढेको छ |
हालसम्म अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ९० हजार पुगेको छ |