७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानको लाहोरको प्रदर्शन रोक्न सरकारद्धारा लकडाउन घोषणा

२८ मंसिर २०७७, आईतवार ०७:१८

मङ्सिर २८, इस्लामावाद (रासस/एएनआई)। पाकिस्तानको लाहोरमा यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ । 

सो व्यवस्थाअनुसार यहाँको सरकारले ती स्थानमा गएराति देखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउनको व्यवस्था गरेको हो । आज लाहोरमा पाकिस्तानको सरकारका विरुद्धमा यहाँका विपक्षीहरुले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरुले यस विरोध प्रदर्शनले सरकारलाई नैतिक प्रश्न उठाउने बताएका थिए ।

उता प्रधानमन्त्री इमरान खानले भने विरोध जुलुश ननिकाल्न अनुरोध गर्नुभएको थियो । विपक्षीहरुले भने सो विरोध प्रदर्शन नरोक्ने बताएका थिए । यहाँका विभिन्न ११ ओटा विपक्षीहरुले आन्दोलनलाई जारी राख्ने बताएका छन् । राजनीतिक दलहरुले जुलुश नरोक्ने बताएपछि प्रधानमन्त्री खानको आदेशमा यहाँको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा सार्वजनिक स्थानमा मानिसहरु जम्मा हुन नपाइने गरी लकडाउन गर्ने घोषणा गरेको हो ।

सो विरोध प्रदर्शनको नेतृत्व पाकिस्तानका प्रमुख विपक्षी दल पिपिपिका अध्यक्ष विलावल भुट्टोले गर्नुभएको छ । उहाँले यो सरकारका विरुद्धमा कराँची, पेशावर र गुजरनवालामा जस्तै लाहोरमा हुन लागेको यो प्रदर्शनबाट पनि सरकारलाई धक्का दिइने दाबी गर्दै आउनुभएको छ ।

सरकारले भने पछिल्लो समयमा पाकिस्तानमा कोभिड १९ को असर निकै बढ्दै गएकाले यसले झन् संक्रमण बढ्ने भन्दै देशमा ठूलो संख्यामा जुलुश ननिकाल्न बताउदै आउनुभएको हो । पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा विभिन्न ११ वटा विपक्षी दलहरुले आन्दोलनलाई जारी राखेका छन् ।  ती विपक्षी दलहरुले आइतबार पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी विगत देखि नै गर्दै आएका हुन् ।  

पकिस्तानमा कोभिडको दोस्रो लहर आएको बताइएको छ । यसरी एकातरि देशमा कोभिडको समस्या रहेको छ भने अर्कातर्फ विपक्षी दलहरुले आन्दोलन जारी राखेकाले सरकार समस्यामा परेको बताइएको छ ।

पाकिस्तानका अस्पतालहरुमा बेडहरु पाउन समस्या हुन थालेको छ भने दिनप्रतिदिन संक्रमितहरु बढ्दै गएको बताइएको छ । सरकारले यस्तो महामारीको समयमा विपक्षी दलहरुले सरकारका विरुद्धमा आन्दोलन गर्नु जायज नभएको सरकारको भनाई छ । आज लाहोरमा हुने यस आन्दोलनमा पनि सरकारले लकडाउन गरेपछि झडपहरु पनि हुन सक्ने बताइएको छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार