५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कम्पनीको सुचना चुहाएको अभियोगमा एक नेपाली निश्काशित

२९ मंसिर २०७७, सोमबार ०४:५०

मङ्सिर २९, काठमाडौं । मलेसियामा एक नेपाली कम्पनीको गोप्यता भङ्ग गरेको अभियोगमा कामबाट निकालिएका छन् । टप ग्लोव्स कम्पनीमा कार्यरत उनलाई कम्पनीको एक तस्वीर अनधिकृत रुपमा बाहिर पठाएको भन्दै कामबाट निश्काशन गरिएको हो ।

कम्पनीको कार्यस्थल धेरै भिडभाडयुक्त भएको भन्ने जानकारी दिएको अभियोगमा उनलाई निकाला गरिएको समाचार सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सो अभियोगमा युवराज खडकालाई कम्पनीको गोपनियता भंग गरेको अभियोगमा कामबाट निकालिएको हो । उनले कम्पनीमा काम गर्ने स्थलमा एकजना र अर्कोजनाबीच एक मिटरको दुरी कायम नगरेको तस्वीर खिचेको अभियोग लागेको छ । उनले सो तस्वीर नेपालमा श्रमिकको अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीलाई पठाएको समाचारमा उल्लेख छ ।

उनलाई कम्पनीको सुचना अनधिकृत रुपमा बाहिर दिएको अभियोगमा करार भंग गरिएको पत्र दिइएको छ । उनी क्लाङ स्थित टप ग्लोव्सको एक कारखानामा कार्यरत थिए जहाँ ५ हजार भन्दा धेरै कोभिड १९ का संक्रमित फेला परेका थिए ।

मलेसियको टप ग्लोव्स लगायतका ग्लोव्स कम्पनीहरुले आप्रवासी श्रमिकलाई आर्थिक रुपमा शोषण गरेको मुद्धा रोयटर्सले केहि समययता चर्को रुपमा उठाएपछि ति कम्पनीहरु श्रमिकले तिरेको लागत शुल्क फिर्ता गर्न बाध्य भएका छन् ।

अमेरिकाले टप ग्लोव्स लगायतका कम्पपनीहरुको उत्पादनलाई बन्देज लगाएपछि ति कम्पनीहरु श्रमिकको भर्ना शुल्क वापत तिरेको रकम फिर्ता गर्न बाध्य भएका हुन् । पछिल्लो समयमा कोभिडका कारण ग्लोव्स लगायतको माग आकाशिएर ठूलो फइदामा रहेका उद्योगहरुलाई महामारीको समयमा स्वास्थ्यका न्यूनतम मापदण्ड पुरा नगरेको भन्दै आलोचना भइरहेको छ । सोही सन्दर्भमा कम्पनीको रात्रीकालिन काम सुरु हुने समयमा श्रमिकहरुको शरिरको तापक्रम नाप्ने क्रममा लागेको लाममा भौतिक दुरी कायम नगरिएको झल्किने तस्वीर पठाएको अभियोग खड्कालाई लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ