२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा

२०७७, २९ मंसिर सोमबार ०९:१५

मङ्सिर २९, काठमाडौँ । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो । 

आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार कोरोनाबाट केही खेलाडी सङ्क्रमित भएपछि थप खेलाडीदाई बन्द   प्रशिक्षणमा सहभागी गराइएको जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा सहभागी खेलाडीलाई चार चरणमा छनोट गरी अन्तिम टोलीको टुङ्गो लगाइने प्रवक्ता राईले बताउनुभयो । 

सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा आयोजना हुने एएफसी एशियन कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षण थालेको हो । विश्वकपको एशियन छनोटमा नेपालले आफ्नै भूमिमा चैत १२ गते चाइनिज ताइपेइसित, चैत १७ गते अस्ट्रेलियासित तथा जेठ २४ गते जोर्डनसित छनोट खेल खेल्ने एन्फाले जनाएको छ । 

खेलाडीलाई कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दिइरहनुभएको छ ।  समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइ छन् । अस्ट्रेलिया १२ अङ्कसहित शीर्ष स्थानमा छ भने कुवेत र जोर्डन समान १० अङ्कसहित दोस्रो र तेस्रो स्थानमा तथा नेपाल तीन अङ्कसहित चौथो स्थानमा छ । चाइनिज ताइपेइ अङ्कविहीन अवस्थाामा रहँदै समूहको पुछारमा छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ