2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा अवैधानिक रुपमा बसेकाहरुलाई नेपाल फर्कने अवसर (के के गर्नुपर्छ ? तरिकासहित)

मङ्सिर ३०, काठामाडौं । मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रम घोषणा गरेको छ। यस अन्तर्गत (१) निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने वा (२) सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने रहेका छन् ।

अवैधानिक व्यक्तिहरु फर्कने कार्यक्रम (Return Recalibration Programme) भनेको के हो?

यस कार्यक्रम अनुसार अवैधानिकरुपमा रहेका व्यक्तिहरु घर फर्कनको लागि अध्यागमन कार्यालयमा गई मलेसियन रिंगिट पाँच सय (RM500) सम्मको जरिवाना तिरेर घर फर्कन पाईन्छ।

यस कार्यक्रम अनुसार घर फर्कने प्रक्रिया के हो ?


अध्यागमन विभाग/कार्यालयको अपोईन्टमेण्ट लिनको लागि के गर्ने?

आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट तयारी राख्‍ने।

मोवाईल वा कम्प्युटरमा ईण्टरनेट ब्राउजर (Google/Firefox आदि) खोल्ने।

https://sto.imi.gov.my क्लिक गर्ने।

आफ्नो पायक पर्ने अध्यागमन कार्यालय छान्ने।

PROGRAM REKALIBRASI PULANG छान्ने।

उपयुक्त Date छान्ने।

सबै विवरण भरेपछि Submit गर्ने र Confirmation प्रिन्ट गर्ने। मोवाईलमा भए Screenshot लिने र प्रिन्ट गर्ने।

अपोईन्टमेण्ट लिएको मितिमा अध्यागमन विभाग/कार्यालयमा के के आवश्यक पर्छ?

आफ्नो राहदानी वा ट्राभल डकुमेण्ट र सो को प्रतिलिपि।

कोभिड१९ परीक्षण गरिएको पिसिआर रिपोर्ट।

१४ दिन भित्र जाने गरी काटिएको हवाई टिकटको प्रतिलिपि।

Appointment Confirmation को प्रिन्ट कपी।

५०० रिंगिट बैंक कार्डबाट तिर्ने व्यवस्था।

थप जानकारी वा राजदूतावासको सहयोग आवश्यक परेमा के गर्ने?

टेलिफोन नम्बरः ०३२०२०१८९८/०३२०२०१८९९

०३२०२०१९०१ (श्रम शाखा)

हटलाईन नम्बरः ०१६२४७२७७७

ईमेलः [email protected]/[email protected]

वेभपेजः  https://my.nepalembassy.gov.np/

ठेगानाः Wisma Paradise (Level 1, 3 and 9), No. 63 Jalan Ampang, 50450 Kuala Lumpur, Malaysia

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई