१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रीराम सुगर मिल्सका संचालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी

२ पुष २०७७, बिहीबार ०८:४३

पुस १, काठमाडौँ । रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका संचालकसहित तीनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।रौतहटका उखु किसानको बक्यौता रकम नदिएको भन्दै उखु उत्पादक संघसहित ४६ किसानहरुले संयुक्त रुपमा ठगी मुद्दा दाएर गरेका हुन् ।

बुधबार श्रीराम सुगर मिल्सका संचालकबिरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगि मुद्दा दायर गराएपछि रौतहट जिल्ला अदालतले श्रीराम सुगर मिल्सका संचालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, संचालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको हो ।

मिलले आर्थिक वर्ष २०७१/०७२ को १२ करोड, २०७५/०७६ को २८ करोड ५० लाख र २०७६/०७७ को ५० लाख रुपैयाँ गरी ४१ करोड रुपैयाँ भुक्तानी नदिएको उखु उत्पादक संघ रौतहटले बताएको छ । पक्राउ पूर्जी जारी भएका तिनै जनाले किसानको बाँकी बक्यौता फछर्यौट नगरी मिल बन्द गरेर किसानलाई ठगेको आरोप किसान संघले लगाएको छ ।

पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुको खोजतलासका लागी आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयले यस अघिनै बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिलका सञ्चालक विरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र जिल्लास्थित प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु