2026-09-20 03:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुट–उपगुटमा लाग्नेलाई वामदेवको झड्का

पुस ४, काठमाडौं । जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्त्वपूर्ण भूमिकामा देखा पर्छन् । शुक्रबार वरिष्ठ उपाध्यक्ष गौतमले यस्तै भूमिका खेलेर गुट उपगुटमा लाग्नेहरूलाई ठूलो झड्का दिएका छन् ।

शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पेरिसडाँडामा आयोजना गरेको गुटगत बैठकलाई उपाध्यक्ष गौतमले बहिष्कार गरेर आफू कुनै पनि गुटको भेलामा नजाने महत्त्वपूर्ण सन्देश दिएका छन् । वामदेवले गुटगत भेला बहिष्कार गरी पार्टी एकता जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आम कार्यकर्ताले समेत गरेका छन् ।

गौतमले आफू कुनै पनि गुट भेलामा नजाने तर पार्टीका बैठक भने नछोड्ने स्पष्ट पारेका छन् । स्रोतका अनुसार पेरिसडाँडामा भएको गुटगत भेलामा अध्यक्ष दाहाल तथा वरिष्ठ नेता नेपाललगायतका नेताले गौतमलाई आउन बारम्बार आग्रह गरेका थिए । गौतमले पार्टीको बैठकमा आफू आउने तर कुनै प्रकारको गुटगत भेलामा जान नसक्ने भन्दै भेला बहिष्कार गरिदिएका थिए ।

 शुक्रबार पेरिसडाँडामा भएको भेलामा नगएका उपाध्यक्ष गौतमले अहिलेको यो संकटपूर्ण अवस्थामा भेला गर्ने समय नभएर बैठकबाटै आवश्यक निष्कर्ष निकाल्दै एकताको सन्देश दिनुपर्ने बताएका छन् । ‘अहिले कसैले पनि गुटगत भेला गर्दै हिँड्ने बेला होइन । बैठकबाटै सबै समस्याको समाधान खोज्नुपर्छ,’ गौतमले भने ।

यसअघि पनि गौतमले पार्टी फुटकै अवस्थामा जानै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाधिवेशनअघि प्रधानमन्त्री र अध्यक्षबाट हटाउन नहुने र अर्का अध्यक्ष दाहाललाई पूर्ण कार्यकारी अध्यक्षको भूमिका दिने गरी संकट व्यवस्थापनको खाका ल्याएका थिए । उनको सो खाकाले पार्टीलाई एक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो