२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारी : खोप दिइने व्यक्तिको नाम संकलन गर्न सुरु

५ पुष २०७७, आईतवार ०४:२९

पुस ५, काठमाडौँ । खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । सरकारले पहिलो चरणमा आफू संक्रमित भइ अरुलाई समेत सार्न सक्ने जोखिम क्षेत्रमा कार्यरतलाई खोप दिने तयारी गरेको छ ।

खोपका लागि स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने ९ लाख जनालाई प्राथमिकता दिइने भएको छ । विभागले नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, स्वास्थ्य व्यवसायी परिषद्, आयुर्वेद काउन्सिल र फार्मेसी काउन्सिललाई पत्राचार गरेर त्यहाँ दर्ता भएका स्वास्थ्यकर्मीको विवरण मागेको छ ।

मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले दर्ता भएका डाक्टरहरुको विवरण चाँडै विधागमा पठाउने बताए । काउन्स्लिमा २७ हजारभन्दा बढी चिकित्सक दर्ता भएका छन् । तीमध्ये नेपालमा १५ देखि १८ हजार कार्यरत रहेको अनुमान छ ।

नर्सिङ काउन्सिलका अनुसार नर्स र अनमी गरी ९६ हजार जनाले लाइसेन्स लिएका छन् । स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक गौतमले कोरोना खोपका लागि स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै