१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३०.३३ अंकले बढ्यो

६ पुष २०७७, सोमबार ११:५९

पुस ६, काठमाडौँ । साताको दोश्रो दिन नेप्से परिसूचक ३०.३३ अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ३०.३३ अंक बढेर १९६५.९६ विन्दुमा पुगेको हो । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.०१ अंक, फ्लोट इण्डेक्स २ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंक बढेको छ।

आज २०२ कम्पनीको ६४ हजार ९३८ पटकको कारोबारमा ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज एनआईसी एशिया बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

सो बैंकको शेयरमूल्य यस दिन ७० रुपैयाँ बढेर ७७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै आज एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य ६.२२ प्रतिशत बढेको छ। नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन ५३ रुपैयाँ घटेर ४८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने युनाइटेड इदी मार्दीको ३२ रुपैयाँ घटेर २९३ रुपैयाँमा अन्तिम कारोबार भएको हो सोमबार  नेपाल लाइफ इन्स्योरेन्सको ७२ करोड ८८ लाख ६९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। 

त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड र एनआईसी एशियाको ४४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। सोमबार कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु