पुस ९, काठमाडौँ । विश्व महामारीको रुपमा फैल्लिएको कोरोना भाइरस बिरुद्धको खोप कुवेतमा आजदेखि दिन सुरु गरिएको छ ।
बुधबार कुबेतले पहिलोपटक कोरोना बिरुद्धको खोप स्वदेश ल्याएको हो । पहिलो प्राथमिकतामा वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप दिइने भएको छ । देशव्यापी रुपमा रहेका सबै नागरिकमा उक्त खोप लगाउने योजना रहेको कुवेत सरकारले बताएको छ ।
खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बताए । उनले एक/एक महिनाको अवधिमा खोप ल्याइने बताएका छन् ।